आधारभूत विषयमै सम्झौता गर्नुपरे कांग्रेसले सरकार छाड्नु पर्छ : गगन थापा « Khabarhub

आधारभूत विषयमै सम्झौता गर्नुपरे कांग्रेसले सरकार छाड्नु पर्छ : गगन थापा


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधारभूत विषयमा सम्झौता गर्नुपरे पार्टीले सरकारबाट बाहिरिनु पर्ने बताएका छन् ।  

बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र : अवसर र चुनौती‘ विषयक कार्यक्रममा बोल्दै थापाले बाध्यताका कारण कांग्रेस सरकारमा रहेको बताए । उनले आधारभूत विषयमा सम्झौता गर्नुपरे केपी शर्मा ओली नेतृत्वको सरकारबाट कांग्रेसले बाहिरनिनुपर्ने बताएका हुन् ।

कांग्रेसका लागि सरकार नै सबैभन्दा ठूलो कुरा नभएको उनले बताए । थापाले कांग्रेसले समस्याको कुरा गरेर मात्रै नहुने उल्लेख गर्दै समाधान पनि दिन सक्नुपर्ने जिकिर गरे । 

उनले पूर्वराष्ट्रपति फर्केर दलमा आउने कुरा चलिरहँदा कांग्रेसले भने त्यसरी फर्काउन नहुने बताए । 

पूर्वराष्ट्रपति, उपराष्ट्रपति लगायतका पदमा पुगेकाहरूले संस्थाको गरिमा राख्नुपर्ने उनले बताए । थापाले गणतन्त्रका विषयमा भाग्ने वा उत्तेजित हुनुपर्ने अवस्था नरहेको भन्दै जनतालाई सम्झाउन सक्नुपर्ने उल्लेख गरे ।  

उनले नेपालको राजसंस्था संवैधानिक हुन नसक्ने भन्दै इतिहास भइसकेको राजसंस्थाका अनावश्यक विषयमा बहस गर्न जरुरी नरहेको धारणा राखे ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ७ : १४ बजे

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका