आयात करले अमेरिका सफल हुने ट्रम्पको विश्वास | Khabarhub Khabarhub

आयात करले अमेरिका सफल हुने ट्रम्पको विश्वास


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेको व्यापार युद्धमा अमेरिका विजयी हुने दाबी गरेका छन्। उनले यस वर्षबाट आयात करमा ५० प्रतिशतले वृद्धि भएको यो ठुलो सफलता हुने पनि बताएका हुन्। टाइममा प्रकाशित उनको अन्तरवार्तामा सो कुरा उल्लेख गरिएका छ।

ट्रम्पले अहिले इतिहासकै सबै भन्दा ठुलो आयात करको घोषणा गरेका छन्। सोही घोषणा अनुसार अमेरिका छिर्ने हरेक सामानमा १० प्रतिशत कर बढी लाग्ने छ। मेक्सिकोबाट आउने स्टिल, एल्मनियम र अटोमा २५ प्रतिशत तथा चीनबाट आउने सामानमा कम्तीमा १४५ प्रतिशत कर लगाइएको छ।

सबै हिसाब गर्ने हो भने अमेरिकाको करको मात्रा २२ दशमलव ८ प्रतिशत कर छ। यसको परिणाम अहिले अमेरिकाको अन्य देशसँगको व्यापार खस्कँदो छ। चीनसँगको व्यापार त शून्य उन्मुख देखिएको छ। धेरै व्यापारी भने लगानीका लागि डराइरहेका छन्।

अहिले व्यापार ओरालो लागे पनि केही समय पछि यसले अझ धेरै माथि उठाउने दाबी ट्रम्पले गरेका छन्। उनले अमेरिका अझ समृद्ध हुने बताएका छन्।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ६ : ४४ बजे

भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने मन्त्री पौडेलको तयारी

काठमाडौं– भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री

चीनले इयु, बेलायत, दक्षिण कोरिया र इन्डोनेसियामा एन्टी डम्पिङ स्टिल शुल्क कायम राख्ने

बेइजिङ– चीनले युरोपेली सङ्घ (इयु), बेलायत, दक्षिण कोरिया र इन्डोनेसियाका

गगन थापाको प्रस्ताव : तरूण दलको महाधिवेशन मंसिर २६–२८ मा गरौँ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रातृ संगठन नेपाल तरूण

नेपाली फिल्म इतिहासकै सफल सिरिज : कबड्डी र छक्का पञ्जा

काठमाडौं – ‘छक्का पञ्जा’ र ‘कबड्डी’ सिरिज नेपाली फिल्म इतिहासकै

कैलालीमा सर्पले टोकेर एक जनाको मृत्यु

कैलाली– सर्पले टोक्दा कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीका ४३ वर्षीय रामबहादुर