अमेरिकाको टेक्सस राज्यमा दादुरा रोगको प्रकोप | Khabarhub Khabarhub

अमेरिकाको टेक्सस राज्यमा दादुरा रोगको प्रकोप


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाको टेक्सस राज्यमा दादुरा रोगका ६ सय ४६ बिरामी देखा परेका छन् । राज्यमा शुक्रबारसम्म दादुरा रोगका ६ सय ४६ जना बिरामी देखा परेको टेक्सस राज्यको स्वास्थ्य विभागले जनाएको छ ।

रोयटर्सका अनुसार तीन दिनको अवधिमा थप २२ जनामा दादुरा रोग पुष्टि भएको छ । यस घटनालाई अमेरिकी इतिहासकै सबैभन्दा खराममध्येको एक प्रकोप मानिएको छ ।

यस वर्ष दादुराका कारण अमेरिकामा तीन जनाले ज्यान गुमाइसकेका छन् । २५ वर्षअघि मुलुकमा दादुरा उन्मूलनको घोषणा गरिएको थियो ।

पछिल्लो प्रकोपलाई नियन्त्रणमा लिन नसकिएमा यसले ठूलो चुनौती निम्त्याउने विज्ञहरुले चेतावनी दिएका छन् । अमेरिकाको रोग रोगथाम तथा नियन्त्रण केन्द्रका अनुसार दादुरा देखिएका ९७ प्रतिशतले यसविरुद्ध खोप लगाएका थिएनन् ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १ : ०९ बजे

पार्टीको झण्डा ओढाएर शास्त्रीलाई देउवाले दिए श्रद्धाञ्जली

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पूर्वउद्योगमन्त्री एवं कांग्रेसका

पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द

चितवन– चितवनको राप्ती नगरपालिकाले ज्यालादारी कर्मचारी हटाएपछि पाँच स्वास्थ्य केन्द्र

ढुण्डिराज शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने

काठमाडौं– नेपाली कांग्रेसले पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधनको शोकमा तीन दिनसम्म

एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

काठमाडौं– नेकपा एकीकृत समाजवादीले ६ प्रदेश र ५० जिल्लामा अधिवेशन

सुनको मूल्य निरन्तर बढ्दो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर