पहलगाम आक्रमणप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त « Khabarhub

पहलगाम आक्रमणप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले जम्मु–कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी आक्रमणप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनामा ज्यान गुमाएका नेपाली नागरिकसहित सबै दिवंगत भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पूर्वराजाको तर्फबाट जारी गरिएको समवेदना सन्देशमा भारत र भारतीय सरकारप्रति समेत गहिरो सहानुभूति प्रकट गरिएको छ ।

सन्देशमा भनिएको छ, “वसुधैव कुटुम्बकम्” को आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दू धर्मावलम्बीहरूको मान्यता अनुसार यस्ता जघन्य अपराधहरूलाई धर्मले कहिल्यै स्वीकार गर्दैन। सम्पूर्ण विश्वसमुदाय र हिन्दू समाजले यस्ता घटनाको कडा भर्त्सना गर्नुपर्ने उल्लेख गरिएको छ।

शाहका सम्वाद सचिव डा. फणिराज पाठकद्वारा जारी गरिएको सन्देशमा यस्ता आतंकारी घटनाले विश्वभरि मानवता र धार्मिक सहिष्णुता माथि चोट पुर्‍याउने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ९ : ११ बजे

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको खोजी हुँदा रास्वपा नेताहरू निरीह

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा विपक्षी

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब फाइनलमा प्रवेश

ताप्लेजुङ– साबिक विजेता सलहेश युवा क्लब, सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ- ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ

बाढी प्रभावित बालबालिकासम्बन्धी सामग्री सम्प्रेषणमा सावधानी अपनाउन आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित तथा