आतङ्कवादविरुद्ध सबै देशबीच एकता र सहकार्य आवश्यक छ : मन्त्री भण्डारी « Khabarhub

आतङ्कवादविरुद्ध सबै देशबीच एकता र सहकार्य आवश्यक छ : मन्त्री भण्डारी


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गौशाला – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संसारबाट आतङ्कवादलाई परास्त गर्न यसविरुद्ध सबै देशबीच एकता र सहकार्य आवश्यक रहेको बताएका छन् ।

आज गृह जिल्ला महोत्तरीको गौशालामा नेता कार्यकर्तासँग छलफलका क्रममा उनले हालै भारत, काश्मिरको पहलगाममा भएको आतङ्कवादी हमलाले सबैलाई दुःखी तुल्याएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादविरुद्ध उठाएको कदममा नेपालको पनि साथ रहने बताए ।

मन्त्री भण्डारीले नेपालले विश्वशान्तिको पक्षमा रहेको भन्दै जुनसुकै नाममा हुने हिंसा स्वीकार्य नहुने बताए ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता भण्डारीले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने नीतिअनुसार पार्टी जनस्तरबाटै मिसन ८४ अभियानमा लागेको बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १० : ११ बजे

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा