ट्रम्पको पुटिनमाथि शंका : एकै दिन जेलेन्स्कीले भेटे विश्वका शीर्ष नेता « Khabarhub

ट्रम्पको पुटिनमाथि शंका : एकै दिन जेलेन्स्कीले भेटे विश्वका शीर्ष नेता


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले उनलाई अल्झाइ रहेको तथा युद्ध विरामप्रति गम्भीर नभएको कुरामा आशंका व्यक्त गरेका छन्। रोममा पोप फ्रान्सिसको अन्त्येष्टि कार्यक्रममा पुगेका ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गरेपछि सो कुरा बताएका थिए।

उनले निहत्था युक्रेनी सर्वसाधारणमाथि आक्रमण गर्नु गलत भएको उल्लेख गरेका छन्। सेन्ट पिटर बासिलियामा अन्त्येष्टि सुरु हुनु अघि ट्रम्प र जेलेन्स्कीबीच गम्भीर वार्ता भएको थियो। ह्वाइट हाउसले १५ मिनेट लामो सो वार्ता गम्भीर भएको तथा सम्भवतः ऐतिहासिक समेत भएको जनाएको छ।

पहिलो भेटमा जेलेन्स्कीलाई युद्धको कार्ड नभएको कुरा बताएका ट्रम्पले शनिबारको भेटमा पनि सोही कुरा बताएका थिए। यस पटक भने उनी फरक किसिमले प्रस्तुत भएका थिए। बारम्बार जेलेन्स्की नै युद्ध अन्त्यका लागि सकारात्मक नभएको आरोप लगाउने गरेका ट्रम्प यस भेटपछि पुटिनको बारे शंका व्यक्त गर्दै ट्रुथ सोसलमा आफ्नो कुरा राखेका हुन्।

युक्रेनी प्रतिनिधि मण्डलले बेलायती प्रधानमन्त्री केइर स्टेइमर र फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रो रहेको तस्बिर सार्वजनिक गर्दै सो वार्ता अत्यन्त फलदायी भएको भएको जनाएको छ।

पहिलो वार्ता सकिएपछि उनीहरू अन्त्येष्टिमा सहभागी भएका थिए। युक्रेनी प्रतिनिधि मण्डलले ट्रम्प र जेलेन्स्की बिच दोस्रो वार्ताको सम्भावना बताए पनि ट्रम्प अन्य नेताहरू भन्दा पहिले नै हिँडेका थिए। ट्रम्पलाई भेटेका जेलेन्स्कीले त्यसपछि म्याक्रोसँग भेट गरेका थिए।

यसपछि उनले स्टेइमरसँग पनि भिन्नै वार्ता गरेका थिए। जेलेन्स्कीले त्यसपछि युरोपेली युनियनका प्रमुख उरुस्ला भान डेर लियनसँग भेट गरेका थिए। म्याक्रोंले पनि सामाजिक सञ्जालमा ट्रम्पसँग कुरा मिलेका कारण युद्ध अन्त्यको सम्भावना बढी भएको बताए।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ०९ बजे

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग