निषेधित क्षेत्रमा प्रहरी र शिक्षकबीच झडप (तस्बिरहरू) « Khabarhub

निषेधित क्षेत्रमा प्रहरी र शिक्षकबीच झडप (तस्बिरहरू)


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा २७ दिनदेखि जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ ।

आन्दोलन एक महिना पुग्न लाग्दा शान्तिपूर्ण प्रदर्शन भइरहेको थियो । तर आइतबार शिक्षकहरूले नयाँबानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो। बल प्रयोगपछि शिक्षकहरूले ढुंगामुढा गर्न थालेका थिए।

प्रहरीले आन्दोलनकारी शिक्षक पानीको फोहरासमेत प्रयोग गरेको छ। विद्यालय शिक्षा विधेयकसहित विभिन्न माग राखेर देशभरका शिक्षक काठमाडौंमा २७ दिनदेखि आन्दोलित छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १२ : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै