आगलागीपछि भेरी अस्पतालमा दुई दिन ओपिडी सेवा बन्द  « Khabarhub

आगलागीपछि भेरी अस्पतालमा दुई दिन ओपिडी सेवा बन्द 


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा आगलागीपछि आकस्मिक बाहेक सम्पूर्ण ओपिडी सेवा बन्द गरिएको छ । 

शनिबार बिहान अस्पतालको ओपिडी भवनमा रहेको मेडिकल स्टोरमा आगलागी हुँदा ठूलो क्षति भएको कारण अस्पताल प्रशासनले आइतबार र सोमबार (वैशाख १४ र १५ गते) ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको हो ।

अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘२०८२ वैशाख १३ गते भेरी अस्पतालको ओपिडी भवनमा रहेको मेडिकल स्टोरमा आगलागीका कारण ओपिडी भवन, मेडिकल स्टोर, फार्मेसी लगायतका ठाउँमा क्षति भएकोले तत्काल बहिरङ्ग सेवा सुचारु गर्न नसकिने भएको छ।’ यद्यपि, आकस्मिक सेवा भने यथावत् सञ्चालनमा रहेको अस्पतालले जनाएको छ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको औषधि, भ्याक्सिन, मेडिकल उपकरण र फर्निचर जलेर नष्ट भएको छ। विद्युत् सर्ट सर्किट भएर भ्याक्सिन राख्ने फ्रिजबाट आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीका कारण अस्पतालको मेडिकल स्टोर, फार्मेसी र ओपिडी भवनमा ठूलो क्षति पुगेको छ । साथै, केही प्रयोगशालाका उपकरण र कागजातहरू पनि जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  २ : ५८ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को