पत्रकार कार्की माथि हमला गर्ने माथि कारबाही गर्न प्रेस चौतारीको माग « Khabarhub

पत्रकार कार्की माथि हमला गर्ने माथि कारबाही गर्न प्रेस चौतारीको माग


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस चौतारी नेपालले आज प्रहरी–शिक्षक झडपमा घाइते भएकी पत्रकार सविना कार्की माथि भएको घटनाको छानबिन गर्न माग गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा शिक्षकहरूको आन्दोलनको क्रममा प्रहरीसँगको झडपमा परी प्राइम टेलिभिजनकी संवाददाता सविना कार्कीको आँखामा गम्भीर चोट लागेको घटनाप्रति प्रेस चौतारी नेपाल गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंको नयाँबानेश्वरमा भएको झडपको समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा आँखामा परेर पत्रकार कार्कीको दुवै आँखामा गम्भीर चोट लागेपछि प्रहरी आफैले बोकेर वीर अस्पतालको ट्रमा सेण्टर हुँदै तिलगंगा आँखा अस्पताल लगेको विवरण प्राप्त भएको जनाएको छ । 

चौतारीका महासचिव हिरामान लामाले एक प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘नागरिक सुसूचित गराउने धर्म निर्वाह गर्न कर्मथलोमा खटिएकी श्रमजीवी पत्रकारमाथि भएको यो घटनाको प्रेस चौतारी नेपाल घोर निन्दा एवं भर्त्सना गर्दै घटनाको अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, घाइते पत्रकार कार्कीको उपचारको व्यवस्था मिलाउन तथा क्षतिपूर्तिका लागि जोडदार माग गर्दछ । साथै, समाचार संकलनमा खटिएका पत्रकारलाई सुरक्षाको प्रबन्ध गर्न प्रेस चौतारी राज्यसँग माग जोडदार गर्दछ ।’

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ५ : ०८ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको