सुडी समाज काठमाडौंको अध्यक्षमा महतो निर्वाचित « Khabarhub

सुडी समाज काठमाडौंको अध्यक्षमा महतो निर्वाचित


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुडी समाज काठमाडौंको १४औँ वार्षिक साधारणसभाले शीतलप्रसाद महतोको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । 

‘सुडी समुदायको स्वाभिमान, सम्मान र पहिचानका लागि सशक्त समाज’ भन्ने मूल नाराका साथ सम्पन्न साधारणसभाले समाजको प्रथम उपाध्यक्षमा शङ्कर साह सुडी र उपाध्यक्षमा विनय गामीलाई चयन गरेको छ ।

महासचिवमा डा प्रकाशचन्द्र पञ्जियार, सचिवमा वीरेन्द्रकुमार साह, कोषाध्यक्ष विनोद महासेठ र सह–कोषाध्यक्षमा अञ्जु चौधरीलाई चयन गरिएको छ । सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठले सुडी समुदायको विकास र उन्नयनका लागि नयाँ योजना तथा दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे । 

उनले अनुशासित, मर्यादित समाजको निर्माण गर्न हरेक अभिभावकले आफ्ना बालबालिकालाई उचित र समयसापेक्ष शिक्षा दिनुपर्नेमा जोड दिए । 

समाजका पूर्वअध्यक्षद्वय प्रा डा रामनन्दनप्रसाद चौधरी र डा अशोक महासेठ, समाजका अग्रज डा शङ्करप्रसाद सुडीलगायतले सुडी समुदाय र जातिको हकअधिकार, भाषा, धर्म, संस्कृति र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि समाजका अगुवाले सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याए । समाजका उपाध्यक्ष अनिता निराला र समाजका अगुवा डा वैजनाथ महतोले समाजको विकास र समृद्धिका लागि सबैले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोडमा दिए । 

समाजका नवनिर्वाचित अध्यक्ष महतोले समाजभित्रको यथार्थता आत्मसात् गरेर सुडी समाजको सङ्गठनात्मक सुदृढीकरण र समाजको उन्नयनका लागि सम्बन्धित सबै पक्षबीच सहयोग, समन्वय र सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

सुडी समुदायका व्यक्तिहरूबीच मैत्रीपूर्ण एंव पारस्परिक सम्बन्ध कायम गरी आपसी सहयोग र समझदारीको विकास गर्ने तथा सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत क्षेत्रको विकास, उन्नयन र कल्याणका लागि सुडी समाज काठमाडौं २०५८ सालमा स्थापन भएको हो । 
 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै