वर्ल्डलिंकले बनायो राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडीलाई ब्राण्ड एम्बेसडर | Khabarhub Khabarhub

वर्ल्डलिंकले बनायो राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडीलाई ब्राण्ड एम्बेसडर


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना क्रिकेट खेलाडीलाई नयाँ ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यो घोषणा गरिएको हो ।

नयाँ ब्राण्ड एम्बेसडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी रहेका छन् । कम्पनीका अनुसार यी खेलाडीहरूले वर्ल्डलिंकको डिजिटल सशक्तीकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा सँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

सम्झौता कार्यक्रम शुक्रबार वर्ल्डलिंकको प्रधान कार्यालय, जावलाखेलमा सम्पन्न भएको थियो ।

सम्झौतामा वर्ल्डलिंकको तर्फबाट सह संस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका थिए ।

सह संस्थापक अग्रवालले भने,’यी ६ जना क्रिकेट खेलाडीहरू प्रतिबद्धता, धैर्य, टीमवर्क र अदम्य राष्ट्रिय भावनाका प्रतीक हुन्,जुन गुणहरू वर्ल्डलिंकको दृष्टिकोण र मूल्यसँग पूर्ण रूपमा मेल खान्छ। उनीहरूले लाखौं नेपालीहरूको सपना र आकांक्षाको प्रतिनिधित्व गर्छन्, र उनीहरूलाई वर्ल्डलिंक परिवारमा स्वागत गर्न पाउँदा हामी गर्भित छौँ।’

त्यसतै, मुख्य कार्यकारी अधिकृत  केशव नेपालले भने, ‘नेपालमा क्रिकेटप्रतिको माया दिनप्रतिदिन बढ्दो छ। वर्ल्डलिंक सधैँ खेलकुदलाई समर्थन गर्दै नयाँ प्रतिभाहरूलाई अघि ल्याउन समर्पित रहँदै आएको छ। गत वर्ष हामीले ‘बीट द स्पीड’ अभियान सुरु गर्‍यौँ जसले नेपालभित्र लुकेका तीव्र गतिका बलरहरूलाई खोज्ने प्रयत्न गर्‍यो, र हामी गर्वका साथ घोषणा गर्छौँ कि यसको दोस्रो सिजन चाँडै नै आउनेछ।’

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ४९ बजे

बाबुरामले दिल्लीमा भेटे भारतीय रक्षामन्त्री सिंहलाई

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतका रक्षामन्त्री राजनाथ सिंहलाई सोमबार

काठमाडौं महानगरमा कुकुर बिरालो अनिवार्य दर्ता गर्नुपर्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाले कुकुर बिरालो दर्ता अभियान सुरु गरेको छ

भारतमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु

नयाँ दिल्ली – भारतको मध्य प्रदेश राज्यको मन्दसौर क्षेत्रमा आइतबार

शिक्षकमाथि दमन प्रकरण पुग्यो संसद्‍मा, विपक्षीले घेरे सरकारलाई

काठमाडौं- आन्दोलनरत शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै सांसदहरूले विरोध जनाएका

शिक्षक महासंघका अध्यक्ष भन्छन्- ‘भिजिलान्ते’ खटाएर सरकार दमनमा उत्रियो, ऐन नआएसम्म मैदान छाड्दैनौँ

काठमाडौं- नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन