‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’ « Khabarhub

‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – बौद्धदर्शन र शिक्षाको प्रसारमा ऐतिहासिक योगदान पुर्‍याउने व्यक्तिहरूको विषयमा अनुसन्धान र प्रवर्द्धन गर्ने घोषणा गरिएको छ । लुम्बिनीमा जारी ‘वान बेल्ट वान रोड’ नेपाल–चीन बौद्ध सांस्कृतिक सेमिनार सम्पन्न कार्यक्रममा आज यस्तो घोष्णा गरिएको हो ।

बौद्ध कला र संस्कृतिको गहन अनुसन्धानलगायत कार्य गर्ने प्रतिबद्धतासहित छ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्य र चीनको संस्कृति प्रवर्द्धन सोसाइटीका उपाध्यक्ष छन् होङ्ग छ्याङ्गले संयुक्त रूपमा घोषणापत्र जारी गरे ।

बुद्धभद्र, अरनिको, भृकुटी, फाहियान, ह्वेनसाङ्ग, मञ्जुश्रीबारे अनुसन्धान र प्रवर्द्धनमा विशेष जोड दिने घोषणामा उल्लेख छ । प्रधानमन्त्री एवं बौद्ध विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको सन् २०२४ मा भएको चीन भ्रमणका अवसरमा भएका सम्झौता र धारणाबमोजिम दुई देशको सम्बन्धलाई सुदृढ बनाउने घोषणापत्रमा जनाइएको छ ।

यस्तै, बौद्ध अध्ययन, पुरातत्व र संस्कृतिको संरक्षणमा प्राज्ञिक अनुसन्धान गर्न लुम्बिनी बौद्ध विश्वविद्यालयमा फासियान ह्वेनसाङ्ग छात्रवृत्ति कोष स्थापना गर्न चिनियाँ पक्षबाट रु ३८ लाख हस्तान्तरण गरिएको छ ।

लुम्बिनीको महत्वलाई मध्यनजर गर्दै बौद्ध कूटनीति र पर्यटन विकासमा जोड दिने, प्राचिक बौद्ध सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका गर्दै बौद्ध परम्परागत चिकित्सा पद्धतिको विकास र सम्बद्र्धन गर्ने सेमिनारले निचोड निकालेको छ । ‘वान बेल्ट वान रोड’ को आधारमा बौद्ध कला र संस्कृतिमा गहन शैक्षिक र सांस्कृति आदानप्रदान गर्नेसमेत घोषणा गरिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, सारिपुत्र फाउण्डेसन, चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र विचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीको सहकार्यमा सेमिनार आयोजना गरिएको थियो ।

दुईदिने सेमिनारमा बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रीत रहेर विभिन्न ४० वटा कार्यपत्र प्रस्तुत गरिएका संयोजक डा सागर न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ८ : ५५ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द