सप्तरीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु « Khabarhub

सप्तरीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

सप्तरी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा आज भएको बस दुर्घटना परी तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी सप्तरीको सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती, उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी २२ वर्षीया कविता चौधरी र झापाको गौरादह–२ का ३९ वर्षीय अनिल राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको बाहक बस अनियन्त्रित भइ सडकमा पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते मगरातीको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो ।

दुर्घटनामा सप्तकोशी–१ की २१ वर्षीया सुवेता दाहाल, सोही स्थानकी २६ वर्षीया चेतना भट्टाई, झापाका मनोज भट्टराई, सोही स्थानकी मिना भट्टराई, उदयपुरको चौडण्डीगढी नगरपालिका–५ की ५९ वर्षीया कमला भुसाल, नाम नखुलेका एक पुरुष गरी २९ घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको कञ्चनरुप–१२ स्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ । फरार रहेका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ९ : ४८ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा