मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण शुल्क रोजगारदाताले नै तिर्ने « Khabarhub

मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण शुल्क रोजगारदाताले नै तिर्ने


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबारदेखि वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गराएको शुल्क रोजगारदाता कम्पनी तिर्नपर्ने भएको छ ।

नेपालस्थीत मलेसियाली दूतावासले मंगलबारदेखि भिसा प्रमाणीकरणका काम शुरु गरेको छ । १६ महिनादेखि रोकिएको भिसा प्रमाणीकरणको काम मंगलबारदेखि शुरु भएको थियो ।

दूतावासले मलेसिया पहिलो पटक जाने कामदारको स्वास्थ्य परिक्षण गरेको पैशा त्यहाँ पुगेर काम गरेपछि रोजगारदाताले शुरु महिनाको तलवसँगै थपेर दिने सूचना जारी गरेर जानकारी गराएको छ ।

दूतावासले विज्ञप्ति निकाल्दै मलेसिया जान चाहनेहरुको स्वास्थ्य परीक्षण शुल्क बारे स्पष्ट पारेको छ । नेपाल र मलेसियावीच २९ अक्टोवर, २०१८ मा भएको श्रम समझदारी अनुसार स्वास्थ्य परीक्षण वापतको शुल्क तिर्नुपर्ने दायित्व रोजगारदाताको भएको दूतवासको सूचनामा भनिएको छ ।

दूतावासले यसअघिको शुल्कमा भएको वृद्धिका बारेमा पनि उल्लेख गर्दै सो तत्काल लागु हुने जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १ : ४७ बजे

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले