डेंगु नियन्त्रणका लागि लामखुट्टे मार्ने काम भइरहेको छ– स्वास्थ्यमन्त्री यादव « Khabarhub

डेंगु नियन्त्रणका लागि लामखुट्टे मार्ने काम भइरहेको छ– स्वास्थ्यमन्त्री यादव


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सरकारले ५६ वटा जिल्लाका ५ हजार बढि डेंगु संक्रमित रहेको जानकारी दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा डेंगु रोगका बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ५६ जिल्लामा ५ हजार ९५ जनामा डेंगुको संक्रमण देखिएको जानकारी दिएका हुन् ।  डेंगुका कारण यो वर्ष ६ जनाको मृत्यु भएको समेत मन्त्री यादवले संसदमा जानकारी गराए ।

मन्त्री यादवले नेपालका लागि मात्रै नभएर विश्वकै लागि डेंगुको संक्रमण चुनौती बनेको बताए । नेपालमा २०६१ सालमा पहिलोपटक चितवनमा डेंगु देखिएको मन्त्री यादवले जानकारी दिए । हरेक वर्ष संसारमा २९ करोडमा संक्रमण देखिने गरेको र २० हजारको मृत्यु हुने गरेको तथ्याङ्क समेत यादवले प्रस्तुत गरे ।

एसियाका सबै देशमा डेंगुको संक्रमण देखिएको भन्दै मन्त्री यादवले न्यून रुपमा मात्रै नेपालमा देखिएको भन्दै आपतकालीन स्थितिको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताए ।

नियन्त्रणका लागि चुनौतीका रुपमा रहेको भए पनि सरकारले नियन्त्रण गर्न सक्षम रहेको मन्त्री यादवले बताए । जापानिज इन्सेफ्लाइटिसको नियन्त्रण गरेको स्मरण गर्दै मन्त्री यादवले हात्तीपाइलेको समेत नियन्त्रण गरेको दाबी गरे ।

मलेरियाको संक्रमणबाट मृत्यु हुनेको संख्या समेत घटेको भन्दै मन्त्री यादवले डेंगुको कुनै औषधी नभएको भन्दै लामखुट्टेको नियन्त्रण गर्न मात्रै सम्भव रहेको बताए । उनले लामखुट्टे नियन्त्रणका लागि स्थानीय सरकार समेतको सहभागितामा काम भइरहेको बताए ।

गतवर्ष डेंगु देखिएका जिल्लाहरुमा लामखुट्टे मार्न‘सर्च एण्ड डिस्ट्रोय’ अभियानका लागि संघीय सरकारले १ करोड ६६ लाख र ६ करोड १७ लाख प्रदेशमा पठाइसकिएको उनले बताए । उनले स्थानीय सरकारहरुले समेत ‘लामखुट्टटे खोज र नष्ट गर अभियान’ सञ्चालन गरिरहेको बताए ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  २ : ०० बजे

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल