विश्व क्रिकेटमा १४ वर्षीय सूर्यवंशीको सनसनीपूर्ण पारी : ३५ बलमा शतक ! के के बने कीर्तिमान ? | Khabarhub Khabarhub

विश्व क्रिकेटमा १४ वर्षीय सूर्यवंशीको सनसनीपूर्ण पारी : ३५ बलमा शतक ! के के बने कीर्तिमान ?


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

राजस्थानका वैभव सूर्यवंशीले सोमबार भएको गुजरात टाइटानसँगको इन्डियन प्रिमियर लिग (आईपीएल)को खेलमा ३५ बलमा शतक प्रहार गरे। २१० रनको लक्ष्य पुरा गर्ने क्रममा सूर्यवंशीले ११ छक्का र सात चौका प्रहार गरे। उनले १७ बलमा नै अर्धशतक प्रहार गरेका थिए।

यस क्रममा उनले इशान्त शर्माको एउटै ओभरमा २६ रन प्रहार गरेका थिए। आईपीएलको पहिलो खेल खेलिरहेका करिम जनतको एउटै ओभरमा उनले ३० रन प्रहार गरे। जनतले सो खेलमा अर्को ओभर बलिङ गरेनन्। ३५ औं बलमा रासिद खानलाई छक्का हिर्काउँदै १०.२ ओभरमा सूर्यवंशीले शतक पूरा गरेका हुन्। त्यसपछि ३६ औं बलमा एक रन जोडेका उनले ३७ औं बल डट खेले भने ३८ औं बलमा प्रसिद्ध कृष्णबाट आउट भए।

आईपीएललको दोस्रो छिटो शतक
सूर्यवंशीको शतक आईपीएलको दोस्रो छिटो हो। यस भन्दा अघि सन् २०१३ को आईपीएलमा क्रिस गेलले पुने वारियरविरुद्धको खेलमा रोयल च्यालेन्जर बंगलोरुका लागि ३० बलमा नै शतक प्रहार गरेका थिए।

गेलले ईश्वर पाण्डेको एउटै ओभरमा २१ तथा मिचेल मार्सको ओभरमा २८ रन प्रहार गर्दै १७ बलमा अर्धशतक प्रहार गरेका थिए। उनले एरोन फिन्चको एउटै ओभरमा २९ रन प्रहार गरेपछि नवौँ ओभरमा शतक पुरा गर्न सफल भएका थिए। १७५ रनमा अविजित रहेका उनले बलिङ गर्ने क्रममा दुई विकेट समेत लिएका थिए।

त्यो खेलपछि १४ वर्षीय सूर्यवंशी पुरुष टी-२० मा सबै भन्दा कम उमेरमा शतक प्रहार गर्ने खेलाडीको रूपमा समेत कीर्तिमान राख्न सफल भए। उनले आईपीएलमा भने तेस्रो खेलमा नै शतक प्रहार गरेका हुन्।

वैभव भन्दा अघि आईपीएलमा सबै भन्दा छिटो शतक प्रहार गर्ने भारतीय खेलाडी युसुफ पठान थिए। सन् २०१० मा पठानले ३७ बलमा शतक प्रहार गरेका थिए। मुम्बईले दिएको २१३ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि ५७ बलमा १४३ रन आवश्यक थियो। त्यस पछिको ११ बलमा उनले ५४ रन प्रहार गरेका थिए।

उनले अलि मुर्ताजाको एउटै ओभरमा लगातार तीन छक्का प्रहार गरेका थिए। त्यस पछिको लगत्तैको ओभरमा उनले आर सतिसको एउटै ओभरमा २४ रन प्रहार गरेका थिए। त्यस समयमा उनले आईपीएलको सबै भन्दा छिटो शतकको रूपमा कीर्तिमान कायम गरेका थिए। उनी रन आउट हुँदा राजस्थानका लागि १७ बलमा ४० रन आवश्यक थियो। सो टोली चार रनले पराजित भयो। राजस्थान कप्तान सेन वाटसनले त्यस समयमा आफूले देखेको मध्य सीमित ओभरको क्रिकेटको सबै भन्दा उत्कृष्ट पारीको रूपमा व्याख्या गरेका थिए।

यो अभूतपूर्व सफलता पछि सूर्यवंशीले यशस्वी जयसवालले दिएको आत्मविश्वास नै मुख्य कारण भएको बताए। उनले बलरको परिचय भन्दा बढी बलमा ध्यान गएको बताए।

कमजोर थिएनन् गुजरातका बलर
सूर्यवंशीको विरुद्धमा ६ बलरले बलिङ गरेका थिए। यी मध्य चार जना भारतीय तथा दुई जना अफगान राष्ट्रिय टोलीको प्रतिनिधित्व गरी सकेका खेलाडी थिए।

मोहम्मद सिराज अनुभवी भारतीय बलर हुन्। इशान्त शर्मा पनि भारतीय राष्ट्रिय टोलीको अनुभव भएका बलर हुन्। यस आईपीएलमा सबै भन्दा सफल तथा अहिलेसम्म सबै भन्दा बढी विकेट लिएका प्रसिद्ध कृष्णले तुलनात्मक रूपमा कम रन दिए। उनले चार ओभरमा ४७ रन खर्चिए। उनकै बलमा सूर्यवंशी आउट पनि भए। यसैगरी रसिद खानले चार ओभरमा २४ रन दिए।

अफगानिस्तानका अन्तर्राष्ट्रिय अनुभव बोकेका अलराउण्डर करिम जनतका लागि भने पहिलो खेल नै बिर्सन लायक बनेको हो। यी सूर्यवंशी आउट भएपछि गुजरातले साइ किशोरलाई प्रयोग गरेको थियो। किशोरले १ ओभरमा १६ रन खर्चिए।

सूर्यवंशीले राजस्थानका कप्तान सञ्जु सामसन घाइते भएपछि मात्र मौका पाएका हुन्। पहिलो दुई पारीमा उनले ३४ र १६ रन प्रहार गरेका थिए।

यस अघि अस्ट्रेलियासँगको यु-१९ टेस्टमा पनि ५८ बलमा शतक प्रहार गरेर उनले सनसनी फैलाएका थिए। उनले यू-१९ एसिया कपमा पनि दुई अर्ध शतक प्रहार गरेका थिए।

राजस्थानका ब्याटिङ प्रशिक्षक विक्रम राठौर भने आफूले वैभवको खेल प्रतिको लगाव र आकर्षणका कारण यसै किसिमको अस्वाभाविक प्रदर्शनको अपेक्षा गरेको बताउँछन्। ‘उनले यसो गर्न सक्छन् भन्ने मलाई थियो। नेटमा ब्याटिङ गर्ने क्रममा जोफ्रा आर्चरकै बलमा ब्याटिङ गर्ने गरेका थिए, ’ आर्चर नेटमा अभ्यास गर्न सबै भन्दा कठिन बलर मानिन्छन्।

कम उमेर मै सफल भारतीय खेलाडी
सूर्यवंशी कम उमेरमा नै भारतीय राष्ट्रिय टोलीमा प्रवेश पाउने सम्भावना छदै छ। कम उमेरमा सफल हुने भारतीय खेलाडी मध्य उनको स्थान कहाँ भन्ने चासो धेरैको बढ्न थालेको छ।

भारतीय क्रिकेटका आदर्श सचिन तेन्दुलकरले १६ औँ वर्षमा सन् १९८९ मा पाकिस्तानसँगको खेल मार्फत अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। विकेट किपर ब्याट्सम्यान पार्थिव पटेल पनि १७ वर्षको उमेरमा नै अन्तर्राष्ट्रिय क्रिकेटका प्रवेश पाउन सफल भएका थिए।

अहिलेका नाम चलेका मनिन्दर सिंहले पनि सन् १९८० को दशकमा भारतीय टोलीलाई धेरै सफलता दिलाएका थिए। उनी १७ वर्षको उमेरमा राष्ट्रिय टोलीमा प्रवेश पाउन सफल भएका थिए।

हभरजन सिह, लक्ष्मण रमन शुक्ल र शुभमन गिल कम उमेरमा नै सनसनी फैलाउने अन्य भारतीय खेलाडी हुन्। यसमध्य वैभवको स्थान कहाँ र राष्ट्रिय टोलीमा प्रवेश कहिले भन्ने प्रश्न उठेको छ। सायद अबको केही वर्ष उनी प्रतिको चासो सर्वत्र रहने छ। साथै अबको लामो समय यो पारी भारतीय मात्र होइन विश्व क्रिकेटले सम्झी रहने छ।


स्रोतः क्रिक इन्फो, टाइम्स अफ इन्डिया र टर्फ टाउन

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ६ : ०७ बजे

भोलिसम्म निष्कर्षमा पुग्नेगरि महासंघसँग चरणवद्ध वार्ता जारी छ : नेता महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह

जलजलामा गाई संरक्षण अभियान, गोबर र गहुँतबाट आम्दानी

पर्वत–जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरि क्षेत्रमै पहिलोपटक स्थानीय जातका गाईको

‘कछुवा गति’ मा बन्दै पूर्व-पश्चिम रेल : यही पाराले डेढसय वर्ष लाग्न के बेर ?

काठमाडौं– सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाइरहेको पूर्व–पश्चिम विद्युतीय

माओवादीलाई एमालेको सुझाव- शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नबनाउनुस्

काठमाडौं– नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने

गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार

सिमकोट– सुत्केरी व्यथा लागेकी हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६