नेपाल विद्युत् प्राधिकरणलाई श्वेतपत्र सार्वजनिक गर्न रोक « Khabarhub

नेपाल विद्युत् प्राधिकरणलाई श्वेतपत्र सार्वजनिक गर्न रोक


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज सार्वजनिक गर्ने भनिएको श्वेतपत्र सार्वजनिक गर्न रोक लगाइएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले श्वेतपत्र सार्वजनिक गर्ने कार्य स्थगित गर्ने भनेपछि रोकिएको प्राधिकरणका प्रवक्ता राजभाई शिल्पकारले बताए ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट बर्खास्त गरेपछि नियुक्ति भएका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको श्वेतपत्र तयार गरेका थिए । 

प्राधिकरण तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङले भनेजस्तो नाफाको अवस्थामा नरहेर ठूलो दायित्वमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र नवनियुक्ति प्रबन्ध निर्देशक शाक्यले समेत सार्वजनिक प्रतिक्रिया दिएका थिए ।

तर, शाक्यले तयार पारेको प्रतिवेदनलाई भने मन्त्री अध्यक्ष रहेको सञ्चालक समितिले नै सार्वजनिक गर्नबाट रोक लगाएको छ । किन रोक लगाएको भन्ने विषय भने प्राधिकरणले उल्लेख गरेको छैन ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  २ : २६ बजे

कांग्रेसलाई जनमुखी र जिम्मेवार शक्तिका रूपमा स्थापित गर्नुपर्छः नेता निधि

धनुषा – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र, संविधान र

उदयपुरमा रुखको हाँगाले लागेर महिलाको मृत्यु

उदयपुर – रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ

काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

काठमाडौं – नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज

सामाजिक अभियन्ता आशिका तामाङले घोषणा गरिन् स्वतन्त्र उम्मेदवारी

काठमाडौं- सामाजिक अभियन्ता आशिका तामाङले प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा