नेप्से १५ अंकले घट्यो, कारोबार कति ? | Khabarhub Khabarhub

नेप्से १५ अंकले घट्यो, कारोबार कति ?


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ०८ अंकले घटेर दुई हजार ६३१ दशमलव ९८ को विन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको गिरावट हो ।

आज ३११ कम्पनीको एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर ६६ हजार २६५ पटक खरिदबिक्री हुँदा सात अर्ब ५७ करोड ५२ लाख छ हजार २७८ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा ‘म्युचुअल फन्ड’ समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक एक दशमलव २२ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ५७, विकास बैंक शून्य दशमलव ९०, होटल तथा पर्यटन शून्य दशमलव २०, लगानी शून्य दशमलव ८३ र जीवन बिमा समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ । 

त्यसैगरी उत्पादन तथा प्रशोधन शून्य दशमलव ३४, लघुवित्त शून्य दशमलव ७८, निर्जीवन बीमा शून्य दशमलव ३२, व्यापार शून्य दशमलव ५१ र अन्य समूह शून्य दशमलव ७५ प्रतिशतले घटेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमामाई हाइड्रोपावर लिमिटेडको ८२ करोड ४३ लाख ७३ हजार १३१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको १६ लाख ९८ हजार ८४० कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ३ : ५७ बजे

निर्वाचनको राजनीतिक वातावरण बनाउन प्रधानमन्त्रीले राजनीतिक दलका नेतासँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय

५३ जना मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख ५८ हजार निकासा

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चवापत् सरकारले

जापानको सेयर बजारमा उछाल, निक्केई सूचकाङ्क ५० हजार नजिक

बैंकक– एशियाका प्रमुख सेयर बजारहरूमा मंगलबार उल्लेखनीय वृद्धि भएको छ। जापानको

महाकाली किनारमा विपिनको दाहसंस्कार, घाटसम्मै पुगे इजरायली राजदूत

काठमाडौं- सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएर लगेपछि

नर्सको आन्दोलन तिहारमा पनि जारी, आज हातमा कालोपट्टि बाँधेर काम गर्ने 

काठमाडौं– नर्सहरूको न्यूनतम तलब तथा पेसागत हकहितसम्बन्धी विभिन्न माग राखेर