इटालीमा तीब्र गतिको डुङ्गा दुर्घटना, ३ जनाको ज्यान गयो « Khabarhub

इटालीमा तीब्र गतिको डुङ्गा दुर्घटना, ३ जनाको ज्यान गयो


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भेनिस– इटालीको भेनिस शहरमा एक विद्युतीय डुङ्गा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । भेनिस शहरमा तीब्र गतिको डुङ्गा दुर्घटना भएको हो ।

तीब्र गतिमा कीर्तिमान राख्न भेनिस शहको जलक्षेत्रमा चलाइएको डुङ्गा कृत्रिम चट्टानमा ठोकिएर दुर्घटनामा परेको अधिकारीले जनाएका छन् ।

मोनाकोबाट भेनिससम्म तीब्र गतिमा डुङ्गा चलाएर कीर्तिमान राख्ने क्रममा दुर्घटनामा परेको डुङ्गाको गति १ सय किलोमिटर प्रतिघण्टा रहेको जनाइएको छ । दुर्घटना हुने क्रममा डुङ्गा १८ घण्टा ३० मिनेटभन्दा लामोसमय चलाइएको थियो ।

मृत्यु हुनेमा दुई बेलायती नागरिक समेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डुङ्गामा सवार अर्का व्यक्ति भने बाच्न सफल भएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ३ : ४२ बजे

आज किराँत समुदायका उँधौली पर्व : हात्तीवनमा च्याबु्ङको तालमा धाननाच

काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार

आज २०८२ साल मंसिर १८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर