पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा | Khabarhub Khabarhub

पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाल फोटो पत्रकार सङ्घ कास्कीले विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि फोटो यात्रा अभियान सुरु गरेको छ ।
    
हरेक गन्तव्यको प्रवर्द्धनका लागि फोटोको विशिष्ट महत्व हुने कुरालाई दृष्टिगत गर्दै फोटो यात्रा अभियान सुरु गरिएको नेपाल फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष राम गुरुङले जानकारी दिए।
    
अभियान स्वरुप थालिएको फोटो यात्राका क्रममा सङ्घले होटेल बाराही ग्रुपको सहयोगमा चितवनको मेघौली र कास्कीको पोखरा महानगरपालिका वडा नं १३ को सहयोगमा उक्त वडाको आर्वास्थित महाप्रभुधामलाई समेटिसकेको उनले बताए।
    
अभियानलाई व्यवस्थित एवम् दीर्घकालीन रुपमा सञ्चालन गर्ने लक्ष्यका साथ सङ्घले अक्षयकोष स्थापना गरी यसलाई विस्तार गर्ने योजनासमेत अघि बढाएको छ । अध्यक्ष गुरुङ र सदस्य सञ्जय शाक्यले जनही १०-१० हजार जम्मा गरी सुरु गरिएको अक्षयकोषको विस्तारका लागि सम्बद्ध सबैसँग आह्वानसमेत गरिएको छ ।
    
यस अभियानका माध्यमबाट देशका विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा विशिष्ट योगदान पु¥याउने लक्ष्य राखिएको अध्यक्ष गुरुङले बताए। 
 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  २ : २० बजे

ऊर्जामन्त्री घिसिङको वाचा : निराशा हटाउँछौँ, सुशासनका लागि कसैसँग सम्झौता हुँदैन

काठमाडौँ- ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा

भारतीय राजदूत निरन्तर सक्रिय, भेटे ऊर्जामन्त्री घिसिङलाई

काठमाडौँ- ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ र

जेन-जी आन्दोलनपछि पहिलोपटक बस्यो माओवादी केन्द्रको पदाधिकारी बैठक

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ

सात दिनपछि खुल्यो बागलुङ-सिगाना-बरेङ सडक

गलकोट– गत भदौ २९ गते बिहानैदेखि बन्द भएको बागलुङ-सिगाना-बरेङ शान्तिपुर

दशैँमा कमेडी फिल्म खोज्नेलाई ‘हरिबहादुरको जुत्ता’ बिकल्प

काठमाडौं– वरिष्ठ कलाकार हरिवंश आचार्यको लेखन र शीर्ष अभिनय रहेको