चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब पुग्ने, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने « Khabarhub

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब पुग्ने, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब बराबरको हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आव ०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी प्रेस नोट जारी गर्दै सो अनुमान गरेको हो ।

त्यस्तै, कार्यालयले चालु आवमा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उपभोक्ता मूल्यमा ४.६१ प्रतिशत हुने अनुमान गरेको छ । कृषि क्षेत्रको ३.२८ र गैर कृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने अनुमान कार्यालयले गरेको छ ।

साथै, प्राथमिक, द्वितीय र सेवा क्षेत्र अन्तर्गत क्रमशः ३.२५, ४.६५ र ४.२१ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । जसमध्ये कार्यालयको अनुमानअनुसार प्राथमिक, द्वितीय र सेवा क्षेत्रले चालु आवमा क्रमशः २५.६, १२.४ र ६२.० प्रतिशत योगदा पुर्याउने छन् ।

चालु चालु आवमा कुल मूल्य अभिवृद्धिको सबैभन्दा धेरै वृद्धिदर विद्युत तथा ग्यास क्षेत्रको १३.८२, यातायात तथा भण्डार क्षेत्रको ९.४५, शिक्षा क्षेत्रको १.९८ र खानी तथा उत्खनन् क्षेत्रको १.९९ प्रतिशत वृद्धिदर हुने अनुमान गरिएको छ । त्यस्तै, कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रको २५.१६, व्यापार क्षेत्रको १४.५५, पानी आपूर्ति, ढल व्यवस्थापनको ०.४२ र खानी तथा उत्खननको ०.४६ प्रतिशत योगदान हुने अनुमान कार्यालयको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ४ : ५७ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी