अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर « Khabarhub

अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार दुई मुलुकका प्रतिनिधिले खनिज सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नयाँ सम्झौताले युक्रेनको खनिज पदार्थमा अमेरिकालाई विशेष पहुँच प्रदान गर्ने जनाइएको छ । समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाका तर्फबाट अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनका तर्फबाट प्रथम उपप्रधानमन्त्री युलिया स्भिरिडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सन् २०२२ मा रुसले आक्रमण गरेयता युक्रेनलाई अमेरिकाले सबैभन्दा ठूलो सहयोग प्रदान गरेको छ । रुसी आक्रमणयता अमेरिकाले युक्रेनलाई ७२ अर्ब अमेरिकी डलर प्रदान गरेको जर्मनीको किल इन्स्टिच्युटलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

यस सम्झौतालले युक्रेनलाई अमेरिकाले प्रदान गर्दै आएको वित्तीय एवम् भौतिक सहायतालाई औपचारिक मान्यता प्रदान गरेको अमेरिकी अर्थ मन्त्रालयले टिप्पणी गरेको छ । स्भिरिडेन्कोले नयाँ सम्झौतामा आफ्नो स्वामित्वमा रहेको कुन स्थानको कुन खनिज पदार्थमा अमेरिकालाई पहुँच दिने निर्णय गर्ने अधिकार युक्रेनलाई दिइएको उल्लेख गरेकी छिन् ।

युक्रेनी भूभागमा विभिन्न किसिमका रेअर अर्थ मेटेरियल भनिने विशेषगरी प्रविधि क्षेत्रमा अत्यावश्यक पदार्थको सञ्चिति रहेको बताइन्छ । त्यसबाहेक युक्रेनी भूमिमा युरेनियम, फलाम र प्राकृतिक ग्यासको पनि भण्डार रहेको विश्वास गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि युद्धमा सहयोग गरेबापत युक्रेनले खनिज पदार्थमा अमेरिकालाई पहुँच दिनुपर्ने माग गर्दै आएका थिए । यद्यपि नयाँ सम्झौतामा अमेरिकाले युक्रेनको सुरक्षा ग्यारेन्टीको ठोस जिम्मेवारी भने स्वीकार नगरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  १२ : ३८ बजे

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम