विज्ञान नीति चाँडै कार्यान्वयनमा आउँछः मन्त्री पोखरेल | Khabarhub Khabarhub

विज्ञान नीति चाँडै कार्यान्वयनमा आउँछः मन्त्री पोखरेल


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति, २०७६’ लाई तत्कालै कार्यान्वयनमा  ल्याइने बताएका छन् ।

समृद्धि र विकासमा विज्ञान र प्रविधिका क्षेत्रबाट सघाउने लक्ष्यका साथ सरकारले आज सार्वजनिक गरेको सो नीतिलाई कानूनी, आर्थिक र कार्यक्रमिक हिसाबले कार्यान्वयनमा लगिने बताए ।

सातौं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सो नीति सार्वजनिक गरेका थिए । मन्त्री पोखरेलले नयाँ पुस्ताले सिर्जनशीलता र अनुसन्धानमा जोड दिएर समृद्धि र विकासमा सघाउन आग्रह गर्दै माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को गणित र विज्ञान विषयमा विद्यार्थीको ग्रेड वृद्धि गराउन पनि लाग्नुपर्नेमा जोड दिए ।

उनले विज्ञान र नवप्रवर्तनका क्षेत्रमा युवाहरुलाई प्रोत्साहनका लागि चाँडै अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी पनि दिए ।  ‘विज्ञान प्रविधिको विकास, नव–प्रवर्तनको उपयोग र वैज्ञानिक संस्कृतिको प्रवद्र्धनबाट उत्पादन र उत्पादकत्व वृद्धि गरी नागरिकको जीवनयापनमा सहयोग गर्दै समृद्ध नेपाल निर्माणमा योगदान गर्ने’ लक्ष्य लिई मन्त्रिपरिषद्को गत भदौ २६ गतेको बैठकले उक्त नीति पारित गरेको थियो ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ९ : १५ बजे

६ जना इजरायली लडाकु मारिएको इरानको दाबी

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ

गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार

गोरखा – धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र