बेलायत र अमेरिकासँग सम्बन्ध सुदृढ बनाउने कार्नीको योजना | Khabarhub Khabarhub

बेलायत र अमेरिकासँग सम्बन्ध सुदृढ बनाउने कार्नीको योजना


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

क्यानडा – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी अहिले रणनीतिक रूपले दक्ष देखिएका छन्। गत सोमबार क्यानडामा भएको निर्वाचनबाट प्रधानमन्त्रीमा निर्वाचित उनले बेलायती राजा चाल्र्स तृतीयलाई २७ मेका लागि आमन्त्रण गरेका छन्। उनले यो आमन्त्रणलाई राजनीतिक बताएका छन्।

निर्वाचनको समयमा नै ट्रम्पले क्यानडालाई ५१ औँ राज्य बनाउन गरेको प्रस्तावको विपक्षमा उभिएका उनले देशको सार्वभौम रक्षाका लागि अन्तर्राष्ट्रिय समर्थन बटुल्नाका लागि क्यानडाको संसदमा नै राजालाई आमन्त्रण गरेका हुन्।

यस भन्दा अघि नै मंगलबार कार्नी ह्वाइट हाउस जाने छन्। यस भ्रमणको क्रममा ट्यारिफ र ट्रम्पको ५१ औँ राज्यको प्रस्तावका बारे छलफल हुनेछ। कार्नीले लगातार ट्रम्पसँग कुनै गलत सम्झौता नगर्ने बताइसकेका छन्। उनले ट्रम्पसँग कठिन तथा सिर्जनात्मक वार्ता गर्ने बताएका छन्। साथै उनले अन्य देशसँगको सम्बन्धका बारे पनि छलफल भइरहेको बताएका छन्।

निर्वाचनपछि कार्नीले क्यानडा अहिले सङ्कटमा भएका कारण सबैलाई एकजुट हुन आह्वान गरेका छन्। उनले क्यानडेलीको जीवन सहज बनाउन कुनै पनि विपक्षीसँग समझदारी गर्न आफू तयार भएको बताएका छन्। निर्वाचन अभियान कार्नीका प्रतिस्पर्धा कन्जरभेटिभ पार्टीका नेता पियरे पोलिभियरेले बढ्दो मूल्य र अपराध करणको विषय मुद्दा बनाएका थिए। कन्जरभेटिभ दोस्रो स्थानमा आएको थियो भने ओलिभियरो ओटावामा आफ्नै क्षेत्रमा पराजित भएका थिए।

कन्जरभेटिभ वार्ताका लागि तयार पोलिभियरेका लागि अर्को स्थान खाली गर्दै निर्वाचन गराउने तयारी सुरु गर्ने समेत कार्नीलाई बताएका छन्।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ६ : ५६ बजे

एक सातामा देशभर १० जनामा कोभिड संक्रमण पुष्टि 

काठमाडौं– पछिल्लो एक सातामा देशभर १० जनामा कोभिड संक्रमण पुष्टि

अमेरिकी विशेष दूत विटकोफले आगामी साता रुस भ्रमण गर्ने ट्रम्पद्वारा पुष्टि

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ

स्वास्थ्य मन्त्रालयद्वारा अर्थसमक्ष २१ सय जनशक्ति थप्न प्रस्ताव 

काठमाडौं– आर्थिक वर्ष २०८-२८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य

झापाका ठूला सहकारीमा पर्याप्त तरलता, सानामा छैन

बनियानी– झापाका ठूला सहकारीमा पर्याप्त तरलता रहेको पाइएको छ ।

पाकिस्तानी कार्यक्रममा कार्तिक आर्यन जोडिएपछि बलिउडमा तरंग

काठमाडौं– बलिउड अभिनेता कार्तिक आर्यन पछिल्लो समय विवादमा तानिएका छन्