स्पेनिस ला लिगा : उपाधि नजिक बार्सिलोना « Khabarhub

स्पेनिस ला लिगा : उपाधि नजिक बार्सिलोना


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक गोलले पछि परेको बार्सिलोनाले रियल भालाडोलिडमाथि २-१ को कमब्याक जित हता पार्दै स्पेनिस ला लिगाको अंक तालिकामा सात अंकको अग्रता कायम गर्न सफल भएको छ।

छैटौँ मिनेटमा इभान साँचेजको गोलमा अग्रता लिएको भालाडोलिडको विरुद्धमा बार्सिलोनाका राफिन्हा र फर्मिन लोपेजले दोस्रो हाफमा ६ मिनेटमा अन्तरतमा गोल गरेका हुन्।

इन्टर मिलानसँग हुने च्याम्पियन्स लिगको दोस्रो लेग सेमिफाइनलमा ध्यानमा राख्दै बार्सिलोनाले सुरुवातमा नै पहिलो रोजाइका खेलाडीलाई आराम दिएको थियो।

५४ औँ मिनेटमा राफिन्हाको गोलमा खेलमा फर्किएको बार्सिलोनाका लागि ६० औँ मिनेटमा लोपेजले गोल गरे। राफिन्हाको गोल ला लिगामा यो सिजनको १६ औँ गोल हो।

स्पेनिस ला लिगाको अन्य खेलमा एट्लेटीको म्याड्रिड र डेपोर्टिभो अल्भासको खेल गोलरहित बराबरी भयो। अर्को खेलमा भिल्लारियलले ओसासुनालाई ४-२ ले हरायो। भ्यालेन्सियाले लास पल्माससँगको खेलमा ३-२ को सफलता पायो। तालिकामा ३४ खेल खेलेको बार्सिलोनाको ७९ तथा ३३ खेल खेलेको रियल म्याड्रिडको ७२ अङ्क छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ८ : ४० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन