विदेशी चलचित्रमा शत प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा, कार्यान्वयनमा भने अन्यौल | Khabarhub Khabarhub

विदेशी चलचित्रमा शत प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा, कार्यान्वयनमा भने अन्यौल


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमा उत्पादित चलचित्रमाथि शत प्रतिशत भन्सार महशुल लगाउने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

उनले अमेरिकी चलचित्र उद्योग ‘तीव्र मरण मरिरहेको’ टिप्पणी गरेका छन् । ‘हामी फेरि अमेरिकामा चलचित्र बनाउन चाहन्छौँ ।’ उनले लेखेका छन् ।

उनले अरु मुलुकहरुले आफ्ना चलचित्र निर्माता र चलचित्र स्टुडियोलाई अमेरिकाबाट अन्त लैजान विभिन्न किसिमका प्रोत्साहन गरिरहेको समेत बताएका छन् । यसले गर्दा हलिउड र अमेरिकाका अरु धेरै ठाउँहरु ध्वस्त भएको उनको दाबी छ ।

योजनाबद्ध रुपमा अरु देशहरुले यस्तो गरिरहेकाले यसलाई उनले ‘राष्ट्रिय सुरक्षा खतरा’ को संज्ञा दिएका छन् । ‘अरु थप कुरासँगै यो सन्देश र प्रचार हो !’ उनले लेखेका छन् ।

यसै अनुसार आफूले विदेशमा उत्पादित चलचित्रमाथि शत प्रतिशत भन्सार महशुल लगाउने प्रक्रिया तत्काल थाल्न अमेरिकी वाणिज्य मन्त्रालय र अमेरिकी व्यापार प्रतिनिधिलाई निर्देशन दिएको पनि उनले ट्रुथ सोसलमार्फत् घोषणा गरेका छन् ।

ट्रम्पको घोषणासँगै अमेरिकी वाणिज्यमन्त्री होवार्ड लट्निकले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आफूले यस कार्यलाई अघि बढाउने जनाएका छन् । यस्ता फिल्ममाथि कसरी र कुन प्रक्रियामार्फत् भन्सार शुल्क लगाउने भन्ने ट्रम्प वा लट्निकले खुलाएका छैनन् ।

त्यसैगरी, सिनेमा हलमा देखाइने चलचित्रमा मात्रै वा डिजिटल प्लेटफर्ममा देखाइने चलचित्रमा पनि भन्सार शुल्क लाग्नेबारे अझै स्पष्ट छैन । त्यस्तै, भन्सार शुल्क लगाउँदा चलचित्रले बक्स अफिसमा कमाएको पैसाको आधारमा वा उत्पादन लागतका आधारमा कुन हिसाबमा लगाइने भन्ने पनि प्रष्ट भइसकेको छैन ।

यसअघि गत जनवरी महिनामा ट्रम्पले हलिउडका चर्चित सेलिब्रेटी जोन भोइट, मेल गिब्सन र सेल्भिस्टर स्टालोनलाई हलिउडलाई ‘अझ ठूलो, झन राम्रो र थप बलियो’ बनाउने पहल गर्ने जिम्मेवारी दिएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १ : ३१ बजे

कस्तो होला तिहारको मौसम ?

काठमाडौं – नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २ गते आइतबार। कात्तिक

आज २०८२ साल कात्तिक २ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २ गते आइतबार। कात्तिक

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५