विदेशी चलचित्रमा शत प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा, कार्यान्वयनमा भने अन्यौल « Khabarhub

विदेशी चलचित्रमा शत प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा, कार्यान्वयनमा भने अन्यौल


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमा उत्पादित चलचित्रमाथि शत प्रतिशत भन्सार महशुल लगाउने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

उनले अमेरिकी चलचित्र उद्योग ‘तीव्र मरण मरिरहेको’ टिप्पणी गरेका छन् । ‘हामी फेरि अमेरिकामा चलचित्र बनाउन चाहन्छौँ ।’ उनले लेखेका छन् ।

उनले अरु मुलुकहरुले आफ्ना चलचित्र निर्माता र चलचित्र स्टुडियोलाई अमेरिकाबाट अन्त लैजान विभिन्न किसिमका प्रोत्साहन गरिरहेको समेत बताएका छन् । यसले गर्दा हलिउड र अमेरिकाका अरु धेरै ठाउँहरु ध्वस्त भएको उनको दाबी छ ।

योजनाबद्ध रुपमा अरु देशहरुले यस्तो गरिरहेकाले यसलाई उनले ‘राष्ट्रिय सुरक्षा खतरा’ को संज्ञा दिएका छन् । ‘अरु थप कुरासँगै यो सन्देश र प्रचार हो !’ उनले लेखेका छन् ।

यसै अनुसार आफूले विदेशमा उत्पादित चलचित्रमाथि शत प्रतिशत भन्सार महशुल लगाउने प्रक्रिया तत्काल थाल्न अमेरिकी वाणिज्य मन्त्रालय र अमेरिकी व्यापार प्रतिनिधिलाई निर्देशन दिएको पनि उनले ट्रुथ सोसलमार्फत् घोषणा गरेका छन् ।

ट्रम्पको घोषणासँगै अमेरिकी वाणिज्यमन्त्री होवार्ड लट्निकले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आफूले यस कार्यलाई अघि बढाउने जनाएका छन् । यस्ता फिल्ममाथि कसरी र कुन प्रक्रियामार्फत् भन्सार शुल्क लगाउने भन्ने ट्रम्प वा लट्निकले खुलाएका छैनन् ।

त्यसैगरी, सिनेमा हलमा देखाइने चलचित्रमा मात्रै वा डिजिटल प्लेटफर्ममा देखाइने चलचित्रमा पनि भन्सार शुल्क लाग्नेबारे अझै स्पष्ट छैन । त्यस्तै, भन्सार शुल्क लगाउँदा चलचित्रले बक्स अफिसमा कमाएको पैसाको आधारमा वा उत्पादन लागतका आधारमा कुन हिसाबमा लगाइने भन्ने पनि प्रष्ट भइसकेको छैन ।

यसअघि गत जनवरी महिनामा ट्रम्पले हलिउडका चर्चित सेलिब्रेटी जोन भोइट, मेल गिब्सन र सेल्भिस्टर स्टालोनलाई हलिउडलाई ‘अझ ठूलो, झन राम्रो र थप बलियो’ बनाउने पहल गर्ने जिम्मेवारी दिएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १ : ३१ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण