काठमाडौं महानगरले भन्यो- नेपाली भाषा बोल्न प्रतिबन्ध लगाउने विद्यालयलाई कारबाही गर्छौँ « Khabarhub

काठमाडौं महानगरले भन्यो- नेपाली भाषा बोल्न प्रतिबन्ध लगाउने विद्यालयलाई कारबाही गर्छौँ


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले नेपाली भाषा बोल्न प्रतिबन्ध लगाउने विद्यालयलाई कारबाहीको चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा नेपाली बोल्न प्रतिबन्ध लगाएको भन्दै सो चेतावनी दिएको हो ।

महानगरपालिकाको शिक्षा विभागले सोमबार सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पठाएको पत्रमा  शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य नगर्न निर्देशन दिएको हो ।

‘यस महानगरपालिका अन्तर्गतका शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएका केही विद्यालयहरूले विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भन्ने गुनासो प्रति यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको ’, पत्रमा भनिएको छ, ‘यदि कुनै विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ।’ 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ४ : ०३ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार