सांसद सुवालले भने– गभर्नरका लागि १ अर्ब तोकियो, ४० करोड पेश्की बुझाइयो « Khabarhub

सांसद सुवालले भने– गभर्नरका लागि १ अर्ब तोकियो, ४० करोड पेश्की बुझाइयो


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल राष्ट्र बैङ्कको गभर्नरका लागि १ अर्ब रुपैयाँ तोकिएको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । एक महिनाअघि नै नियुक्त भइसक्ने गभर्नरको अझै पनि टुंगो नभएको अवस्थामा सांसद सुवालले प्रतिनिधिसभाको बैठकमै यस्तो प्रश्न उठाएका हुन् ।

सुवालले गभर्नरका लागि ४० करोड रुपैयाँ पेश्की बुझाइसकेको तथ्य आएको पनि बताएका छन् ।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम संशोधनको प्रस्ताव पेश गर्दै सांसद सुवालले यसमा क-कसले लेनदेन गरेका हुन् ? भनेर प्रश्न उठाएका छन् ।

‘एक पूर्वगर्भनरका अनुसार राष्ट्र बैङ्‍कको गभर्नरका लागि एक अर्ब रुपैयाँ तोकिएको र ४० करोड रुपैयाँ पेश्की बुझाइएको सार्वजनिक भयो । यसमा लेनदेन गर्ने को को हुन् ?’, उनले भने ।

सांसद सुवालले नेपाल विद्युत् प्राधिकरण घाटामा गएको हो भने यसको जवाफदेही प्रधानमन्त्री केपी शर्मा ओली र सम्बन्धित मन्त्री हुनुपर्ने बताएका छन् । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर नियुक्त गरिएका हितेन्द्रदेव शाक्यले ५ अर्ब बढी घाटा देखाएपछि सुवालले यस्तो प्रश्न गरेका हुन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ३ : ५४ बजे

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा