अर्थसंक्षेप : गभर्नर नियुक्तिमा चुक्दै दुईतिहाइको सरकार, ९ अंकले घट्यो नेप्से र ट्रम्पले फिल्ममा पनि लगाए शत प्रतिशत भन्सार शुल्क « Khabarhub

अर्थसंक्षेप : गभर्नर नियुक्तिमा चुक्दै दुईतिहाइको सरकार, ९ अंकले घट्यो नेप्से र ट्रम्पले फिल्ममा पनि लगाए शत प्रतिशत भन्सार शुल्क


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

अर्थविद् गौचनको प्रश्न : ऋण काढेर मध्यम र उच्च वर्गलाई भत्ता कहिलेसम्म ?

अर्थविद डा. विश्वास गौचनले सरकारले ऋण काढेर मध्यम र उच्च वर्गका व्यक्तिलाई वृद्धभत्ता बाँड्ने राज्यको नीतिप्रति प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै डा गौचनले ‘देशको भविष्य बालबालिका र वर्तमान युवा एवं कृषकमा मनग्गे लगानी गर्ने की ऋण काढेरै भएपनि सामाजिक सुरक्षाको नाममा गैर समानुपातिक रूपले आफ्नो जीवनकालमा कहिल्यै कर नतिरेका उच्च तथा मध्यम वर्ग लाभान्वित हुने जेष्ठ नागरिक भत्ता बाँड्ने’ प्रश्न उठाएका छन् ।

कोरिया पठाउन ढिलाइ गरेको भन्दै ईपीएस शाखामा धर्ना तस्बिरहरू

९ अंकले घट्यो नेप्से, कारोबार कति ?

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) साढे ९ अंकले घटेको छ । आज नेप्से ९.६२ अंकले घटेर परिसूचक २६१०.७६ विन्दुमा पुगेको हो।

आज नेप्से ०.३६ प्रतिशतले घट्दा ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता शेयर कारोबार भएको छ । ८६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

गभर्नर नियुक्तिमा दुईतिहाइ सरकारको नालायकी

एउटा सामाजिक मान्यता छ– ‘कुनै एउटा व्यक्ति त्यतिबेलासम्म सफल हो, जतिबेलासम्म अर्को सफल व्यक्तिले उसलाई जित्न सकिरहेको हुँदैन’ ।

नेपाली राज्यसत्ता सञ्चालन गर्नेमाथि लामो समयदेखि जनताले धारे हात लाउँदै आएको यथार्थ छर्लङ्गै छ । जुन कुरा अहिले सामाजिक सञ्जालमा नेताहरूमाथि देखिएको आक्रोशले पनि पुष्टि गर्छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा चुनावी घोषणापत्रमा लेख्ने र ‘आफूले भ्रष्टाचार पनि नगर्ने र भ्रष्टाचारीको मुख पनि नहेर्ने’ भनाइ स्थापित गर्ने व्यक्ति केपी शर्मा ओलीले यतिबेला सरकारको नेतृत्व गरिरहेका छन् । तर, बिडम्बना देशको बैङ्किङ क्षेत्रजस्तो संवेदनशील र महत्वपूर्ण नियामक निकाय नेपाल राष्ट्र बैङ्कमा भने तीनै प्रधानमन्त्रीले दुई महिनादेखि गभर्नर नियुक्त गर्न सकिरहेका छैनन् ।

पहिलोपटक उद्योगी व्यवसायीसँग छलफलमा बालेन

करिब ८० प्रतिशत नेपाली ६० वर्षसम्म बाँच्ने अपेक्षा

नेपालमा १२४ वटा मातृ भाषा बोलिन्छ, धेरै बोलिने दोस्रोमा नेपाली

विदेशी चलचित्रमा शत प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा, कार्यान्वयनमा भने अन्यौल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमा उत्पादित चलचित्रमाथि शत प्रतिशत भन्सार महशुल लगाउने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

उनले अमेरिकी चलचित्र उद्योग ‘तीव्र मरण मरिरहेको’ टिप्पणी गरेका छन् । ‘हामी फेरि अमेरिकामा चलचित्र बनाउन चाहन्छौँ ।’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ७ : १० बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर