सुरौदी जलाधार क्षेत्र : पुल नहुँदा जोखिम, खेतीयोग्ज जमिन बगरमा परिणत « Khabarhub

सुरौदी जलाधार क्षेत्र : पुल नहुँदा जोखिम, खेतीयोग्ज जमिन बगरमा परिणत


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्की, स्याङ्जा र तनहुँका भू-भाग समेटर बग्ने सुरौदी खोलाको जलाधार क्षेत्रका स्थानीयवासी पुल अभावसँगै वर्षामा खोलाको कटानले वर्षेनी समस्यामा पर्दै आएका छन् ।

खोला आसपासका उब्जाउ योग्य भू-भाग सिँचाइ अभावमा खेती गर्न समस्या छ भने खोलाको कटान नियन्त्रण हुन नसक्दा खेतीयोग्य जमिन वर्षेनी बगर बन्ने क्रम बढेको अगुवा कृषक रमेश आचार्यले जानकारी दिए ।

‘कटान नियन्त्रण नहुँदा वर्षामा रोपेको धान मङ्सिरमा भित्र्याउन पाइन्छ कि पाइँदैन भन्ने सधैँ चिन्ता हुन्छ’, उनले भने, ‘सुरौदी खोलाको यत्रो जलसम्पदा उपयोगविहीन हुनुका साथै उल्टै वर्षेनी ठूलो क्षति ब्यहोर्नु परेको छ ।’

जलाधारको संरक्षण र उपयोग गर्नसकेमा स्याङ्जाको प्युरीदोभानदेखि कास्कीको दोपहरे, छहरा, चवादी हुँदै तनहुँको घारी बगरसम्मका अधिकांश खेतीयोग्य भू-भाग सुरौदी खोलाको पानीले सिँचाइ गर्न र माछापालन गर्न सकिने देखिन्छ ।

यहाँका केही स्थानमा झोलुङ्गे पुल अत्यावश्यक रहेको उल्लेख गर्दै उनले पुल अभावमा वर्षातमा ज्यानको जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको बताए।

सुरौदी खोला किनारका जमिन वर्षौँदेखि जलाधार संरक्षणको अभावमा उपयोगविहीन बनेको र तीनै जिल्लाको संयुक्त प्रयास अपरिहार्य रहेको पोखरा महानगरपालिका–३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी बताउँछन्।

खोलाको सदुपयोग गर्न सकेमा खोला किनाराको उत्पादनले कास्की जिल्लालाई पूर्णरुपमा कृषिमा आत्मनिर्भर बनाउन सकिने स्थानीयवासी यामप्रसाद पौडेलले बताए। पछिल्ला समयमा अन्य पूर्वाधार विकासका कामले गति लिन थालेको बताउँदै उनले हालै सुरौदी जलाधार क्षेत्र अन्तर्गत कदमबोटेदेखि फेदीसम्म कालोपत्र गरिएको जानकारी दिए।    

यस क्षेत्रको तिखेढुङ्गा क्षेत्रमा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा खरबुजा लगाएका छन्। 

जलाधार क्षेत्रमा झोलुङ्गे पुल निर्माणसँगै खोलाको कटान नियन्त्रणमा राज्यले चासो दिएमा कृषि उत्पादन र जल पर्यटनका माध्यमबाट आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण उपलब्धि हुने स्थानीयको दावी छ । 

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ७ : ४० बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ