उपप्रधानमन्त्री पौडेलले भेटे प्रचण्डलाई, के भयो कुराकानी ? | Khabarhub Khabarhub

उपप्रधानमन्त्री पौडेलले भेटे प्रचण्डलाई, के भयो कुराकानी ?


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पौडेल आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथि छलफल चलिरहेका बेला अर्थमन्त्रीले प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् ।

भेटका क्रममा उनीहरूबीच आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको र अर्थ मन्त्री पौडेलले सुझाव माग गरेको बुझिएको छ ।

यसअघि अर्थमन्त्री पौडेलले सोमबार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । 

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ९ : २८ बजे

नेपालमा कमोडिटी मार्केट : कुरा धेरै, काम शून्य !

काठमाडौं– नेपालमा असार १५ गतेलाई पूर्वकालदेखि नै दही–चिउरा खाएर धान

एसीसी यु–१६ : नेपालले दियो इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य

काठमाडौं– १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा नेपालले इन्डोनेसियासामु

धान रोपाइँमा कृषिमन्त्री (तस्बिरहरू)

काठमाडौं–  नेपाल सरकारले राष्ट्रिय कृषि अनुसन्धान केन्द्रको परिसरमा २२ औँ

माधव नेपालबारे रामकुमारीको टिप्पणीले तरङ्ग, भनेकी थिइन्, ‘काँधमा सिनो हालेर पार्टी चल्दैन’

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको भनाइले तरंग ल्याएको

दही चिउरासँग धेरै गुलियो नखान सुझाव

आज असार १५ धान दिवस तथा दही चिउरा खाने दिनका