आन्दोलनरत चिकित्सकले भने-सहमतिपछि पनि काम गर्ने वातावरण बनेन | Khabarhub Khabarhub

आन्दोलनरत चिकित्सकले भने-सहमतिपछि पनि काम गर्ने वातावरण बनेन


२३ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहमतिपछि पनि काम गर्ने वातावरण नबनेको भन्दै आन्दोलनरत चिकित्सकले पुनः आन्दोलन थालेका छन् ।

कतिपय मेडिकल कलेजहरूले प्रवेश नदिएको, राजीनामा दिन दबाब दिएको, डर–त्रास देखाएर धम्की दिएको भन्दै चिकित्सकले पुनः आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।

चिकित्सकका माग सम्बोधन हुनेगरी गत वैशाख २० गते शनिबार स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल एशोसिएनबीच ४ बुँदे सहमति भएको थियो । सरकारले आवासीय चिकित्सकलाई सरकारीसरह भत्ता दिएर काममा फर्काउनू भनेको थियो ।सहमतिपछि चिकित्सकहरू आन्दोलन रोकेर काममा फर्किएका थिए ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक डा. सञ्जय बरालले खबरहबसँग कुरा गर्दै भने, ‘कतिपय मेडिकल कलेजले प्रवेश नदिने, राजीनामा माग्ने, अनेक डरत्रास देखाएर धम्काउने गरेको चिकित्सकले गुनासो गरेका छन् । सरकारीसरह निर्वाह भत्ता नदिएको पाइएकाले हामीले आन्दोलन जारी राखेका हौँ ।’

डा. बरालका अनुसार काठमाडौं मेडिकल कलेज (केएमसी), विराट मेडिकल कलेज र चितवन मेडिकल कलेज (सिएमसी) लगायत केही मेडिकल कलेजले चिकित्सकलाई काममा फर्किने वतावरण बनाएन । सम्पूर्ण निजी मेडिकल कलेजले माग पूरा नगरेसम्म आन्दोलन जारी रहने डा. बरालले बताए ।

‘सरकारीसरह ४८ हजार ७ सय ३७ रुपैयाँ निर्वाह भत्ता दिन बारम्बार सरकारले आग्रह गरिरहँदा पनि निजी मेडिकल कलेजले यसअघि दिँदै आएको १७–१८ हजार रुपैयाँमात्रै दिरहेका छन् । हामी बाध्यताले सडकमा आएका हौँ । माग पूरा हुनैपर्छ ।’ डा. बरालले भने ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ४ : ४८ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य