कार्नी-ट्रम्प भेटवार्ता : क्यानडा बेचिनका लागि नभएको जवाफ « Khabarhub

कार्नी-ट्रम्प भेटवार्ता : क्यानडा बेचिनका लागि नभएको जवाफ


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच भेटवार्ता भएको छ । २८ अप्रिलमा कार्नीले निर्वाचनमा सफलता पाएपछि यी दुई नेताबीच पहिलो भेट भएको हो ।

गत महिना भएको निर्वाचनमा सफलता पाएका कार्नीले आफू ट्रम्पसँग नझुक्ने बताएका थिए ।

ओभल अफिसमा भएको भेटवार्तामा ट्रम्पले क्यानडा ५१औँ राज्य बनाउन गरेको प्रस्तावमा जवाफ दिँदै कार्नीले आफ्नो देश बिक्रीका लागि नभएको बताएका थिए ।

वार्ताको सुरुवातमा ट्रम्पले कार्नीलाई एकदमै प्रतिभाशाली भएको तथा कार्नीले पनि ट्रम्पलाई परिवर्तनकारी नेताको रूपमा प्रशंसा गरेका थिए ।

वार्तामा क्यानडा अमेरिकालाई दिन ट्रम्पले गरेको प्रस्ताव कार्नीले अस्वीकार गरे पछि अल्मुनियम र स्टिललगायत क्यानडाका सामान आवश्यक नपर्ने भन्दै कर लगाउने कुरामा आफू अडिग रहने ट्रम्पले बताएका थिए । उनले अमेरिका आफैँ पनि सबै निर्माण गर्न सक्षम रहेको बताए ।

ट्रम्पले वार्ताको क्रममा क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रेडेउको समेत आलोचना गरेका थिए ।

वार्तापछि अमेरिकास्थित क्यानडाको दूतावासमा पत्रकार भेटघाटमा बोल्दै कार्नीले अमेरिकासँगको छलफलमा धेरै जटिलता रहेको बताए ।

क्यानडालाई ५१ औ राज्य बनाउने प्रस्तावको विषयमा कार्नीले पत्रकार सम्मेलनमा भने यो दुई सार्वभौम देशको बीचमा भएको वार्तालाई ट्रम्पले बिर्सन नहुने बताए ।

ट्रम्पले क्यानडाको सामानमा २५ प्रतिशत कर लगाएका छन् । केही कर भने वार्ताका लागि भन्दै स्थगित गरेका छन् । खासमा अमेरिकाले लगाएको करमा दुई देशको बीचमा ठोस सहमति हुन सकेको छैन ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ८ : ४० बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो