भारतमा प्रवेश गर्ने भयो मस्कको स्टारलिंक « Khabarhub

भारतमा प्रवेश गर्ने भयो मस्कको स्टारलिंक


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- स्याटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदान गर्ने एलन मस्कको कम्पनी स्टारलिंक लामो समयदेखि भारत प्रवेश गर्ने प्रयासमा रहेको थियो ।

तर, अब भारत सरकारले स्टारलिंकलाई आशयपत्र जारी गरेको कारण कम्पनीको बाटो सहज बन्दै गएको देखिएको छ । 

आशय पत्रले सम्भावित सम्झौताको बारेमा वार्ताका लागि मार्गनिर्देशक रूपरेखाको रूपमा कार्य गर्दछ, जसले दुवै पक्षहरू सम्झौताको साथ अगाडि बढ्न चाहन्छन् भन्ने बुझाउँछ । स्रोतका अनुसार दूरसञ्चार विभागले स्टारलिंकलाई आशय पत्र जारी गरेको हो ।

रिपोर्टका अनुसार यसअघि जियो स्याटेलाइट कम्युनिकेसन र युटेलस्याट वन वेबलाई पनि सोही इजाजतपत्रको लागि स्वीकृति दिइएको थियो। आशय पत्र प्राप्त गर्नुको अर्थ अब स्टारलिंकले आफ्नो सेवा सुरु गर्न अर्को कदम चाल्न सक्छ भन्दा गलत हुनेछैन किनकी स्टारलिंकलाई भारत सरकारबाट हरियो संकेत प्राप्त भएको छ।

स्टारलिंक एलन मस्कले सन् २००२ मा सुरु गरेका थिए, यस कम्पनीको उद्देश्य स्याटेलाइट मार्फत विश्वको हरेक कुनामा उच्च गतिको इन्टरनेट उपलब्ध गराउनु हो । अन्य स्याटेलाइट सेवाहरूको तुलनामा स्टारलिङ्क अलि फरक छ । इन्टरनेट उपलब्ध गराउने उपग्रहहरू सामान्यतया पृथ्वीबाट ३६ हजार  किलोमिटर टाढा जियो स्टेशनरी अर्बिटमा हुन्छन् तर स्टारलिंक तल्लो अर्थको कक्षमा अवस्थित छ, जुन पृथ्वीबाट मात्र ५५० किलोमिटर माथि रहेको छ। 

हाल स्टारलिंकसँग ७ हजार स्याटेलाइट नेटवर्क छन्, जसलाई आगामी दिनमा ४० हजार पुर्‍याउने लक्ष्य कम्पनीको रहेको छ । इन्टरनेट स्पिडको बारेमा कुरा गर्दा, नियमित प्रयोगकर्ताहरूले ५० एमबीपिएस देखि २५० एमबीपीएस सम्मको स्पीड पाउँछन्, जबकी प्रिमियम प्लानहरू छनौट गर्ने प्रयोगकर्तालाई कम्पनीले ५०० एमबीपीएस सम्मको स्पीड दिन्छ। 

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १ : ०३ बजे

सांसदको कटाक्ष : भारतीय भूमि मिच्यौँ भनेर हिँडेका प्रधानमन्त्री बेपत्ता छन्, सुस्ताबासीलाई ढाडस दिन पुगे होला

काठमाडौं– प्रतिनिधिसभाको सोमबारको बैठकमा सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीको उपस्थितिलाई लिएर

सरकारलाई हर्कको प्रश्न : टेम्पो भिरबाट गुल्ट्याउने, मोबाइल पानीमा डुबाउने, घरमा प्रहरीले ढुंगा हान्ने, यो कस्तो सुशासन हो ?

काठमाडौं- श्रमसंस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री वालेन

पद्माको चुनौती : मन्त्रीहरूको धम्की धेरै भयो, पुराना दलको सबै फाइल खोले हुन्छ

काठमाडौं- नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री बालेन

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौं– अन्धोपन निवारणका लागि आँखा उपचार सेवामा अतुलनीय योगदान पुर्‍याएको जनाउँदै

नेपालको आँखा स्वास्थ्य सेवामा फड्को: ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै

काठमाडौं– नेपालमा आँखा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न गुणस्तर सुनिश्चित