भारतीय आक्रमणको जवाफ दिन चिनियाँ हतियारको प्रयोग गरेको पाकिस्तानी विदेशमन्त्रीको दाबी | Khabarhub Khabarhub

भारतीय आक्रमणको जवाफ दिन चिनियाँ हतियारको प्रयोग गरेको पाकिस्तानी विदेशमन्त्रीको दाबी


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानले भारतीय आक्रमणको जवाफ दिन चिनियाँ हतियारको प्रयोग गरेको जनाएको छ । एक जना नेपाली सुदिप न्यौपानेसहित २६ जनाको ज्यान जानेगरी भारत प्रशासित जम्मु कश्मीरमा भएको आतंककारी आक्रमणको जवाफस्वरुपा भारतले गरेको हवाइ आक्रमणको जवाफमा चिनियाँ हतियारको प्रयोग गरेको पाकिस्तानी विदेशमन्त्रीले जनाएका हुन् ।

अपरेसन सिन्दुर नामक कारवाहीका क्रममा भारतले पाकिस्तानी भूमिमा ९ स्थानलाई लक्षित गरी हवाइ आक्रमण गरेको छ । भारतीय आक्रमणको जवाफ दिन पाकिस्तानले चीनमा निर्मित जे–१० सी लडाकु विमानको प्रयोग गरेको पाकिस्तानी विदेशमन्त्री इशक दारले संसदलाई जानकारी दिएका हुन् ।

आक्रमणको जवाफस्वरुप पाकिस्तानले भारतका ५ लडाकु विमान खसालेको दाबी गरेको छ । यद्यपि भारतीय पक्षले पाकिस्तानी दाबीबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन ।

उनका अनुसार यसबारे चीनलाई पाकिस्तानले पूर्वजानकारी दिएको थियो । भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेको केही समयपछि स्थानीय समयअनुसार बुधबार सबेरै ४ बजे पाकिस्तानका लागि चिनियाँ राजदूत जियाङ जाइदोङले पाकिस्तानी विदेश विभाग कार्यालयको भ्रमण गरेको दारलाई उद्धृत गर्दै ब्लूमबर्गले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  २ : ०६ बजे

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।

‘तिहारले जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँध्ने प्रयत्न गरेको छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,