विचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्छ : वर्षमान  « Khabarhub

विचौलिया प्रवृत्ति अन्त्य नभए अर्थतन्त्र थप संकटमा पर्छ : वर्षमान 


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफूहरूले कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरी बिचौलियाको आरोप नलगाएको बताएका छन् । 

राजधानीमा बिहीबार आयोजित पूर्वबजेट छलफल कार्यक्रममा पुनले बिचौलिया व्यक्तिभन्दा प्रवृत्ति भएको बताए । राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई प्रभावमा पारेर अर्थतन्त्रमा एकाधिकार र मिलेमतो गर्ने आसेपासे प्रवृत्तिलाई आफूहरूले बिचौलिया भन्दै आएको उनको भनाइ थियो । 

पुनले बिना लगानी अर्थोपार्जन गर्नेहरू बिचौलिया भएको स्पष्ट गर्दै लगानी गरेर व्यवसाय गर्नेहरूले व्यवसायीलाई नै बिचौलिया आरोपित गरिएको अर्थमा नबुझ्न आग्रह  गरे । बिचौलिया प्रवृत्ति रोक्न नसके मुलुकले आर्थिक रुपमा अझै नराम्रो अवस्थाको सामना गर्नुपर्नेमा पुनले जोड दिए । 

‘हामीले बिना लगानी राजनीतिक नेतृत्व र राज्य संयन्त्रलाई प्रभावमा पारेर फाइदा लिने प्रवृत्तिलाई बिचौलिया भनेका हौं’, पुनले भने, ‘कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरेका होइनौँ । यो प्रवृत्ति परिवर्तन नगरेसम्म आर्थिक सुधार सम्भव छैन ।’ 

पुनले निजी क्षेत्रलाई चालक सिटमा राखेर सरकारले काम गर्नुपर्ने उल्लेख गरे । रेफ्रीको भूमिकामा रहनुपर्ने नियामक निकायहरू आफैं खेलाडी बनेर मैदानमा उत्रिने अहिलेको प्रवृत्तिले अर्थतन्त्रलाई नोक्सान गर्ने भएकाले त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराए । 

पुनले कार्यक्रममा सहभागी अर्थमन्त्री विष्णु पौडेललाई करका दर हेरफेरमा हुने चलखेल रोक्न आग्रह गरे । अर्थमन्त्रीका रुपमा चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा आफूले कसैलाई फाइदा  र कसैलाई नोक्सान हुने गरी करका दरमा हेरफेर नगरेको प्रष्टिकरण पुनले दिए । 

‘चालु आर्थिक वर्षको बजेट बनाउँदै गर्दा मैले कुनै अमुक व्यापारिक घरानालाई फाइदा र कसैलाई घाटा हुने गरी करका दर हेरफेर गरिन । यो कुरा म आज पनि सबै व्यवसायीका अगाडि आँखामा आँखा जुधाएर भन्न सक्छु’, पुनले भने, ‘अहिलेका अर्थमन्त्रीलाई पनि म कसैको दबाबमा नपरी त्यसै गर्न सुझाव दिन चाहन्छु ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ४ : ४७ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर