१८ लाख ७४ हजार परिवार स्वास्थ्य बीमामा क्रियाशील  « Khabarhub

१८ लाख ७४ हजार परिवार स्वास्थ्य बीमामा क्रियाशील 


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा कार्यक्रम लागू भएदेखि आ.व. २०८०-८१ को अन्त्यसम्ममा कार्यक्रममा कुल २६,०८,१३९ घरपरिवार आबद्ध भएका छन् । 

स्वास्थ्य बीमा बोर्डले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार बीमा कार्यक्रममा ८२ लाख ९२ हजार १ सय ४१ नागरिक आबद्ध छन् । जसमध्ये आर्थिक वर्ष २०८०-८१ मा जम्मा १८ लाख ७४ हजार २ सय २८ घरपरिवार र ५० लाख १२ हजार २ सय १३ जना जना क्रियाशील रहेका प्रतिवेदनमा उल्लेख गरिएको छ । 

क्रियाशील जनसङ्ख्यामध्ये सामान्य र लक्षित जनसङ्ख्या क्रमशः ७३.४ प्रतिशत र २६.६ प्रतिशत रहेको छ । क्रियाशील बीमितमध्ये लैङ्गिकताको आधारमा सबैभन्दा बढी महिला ५१.३४ प्रतिशत र उमेरका आधारमा सबैभन्दा बढी ७५-७९ वर्ष उमेर समुहको जनसङ्ख्या रहेको छ । 

पाल्पा, चितवन, भक्तपुर, झापा र स्याङ्जा जिल्लामा क्रियाशील जनसङ्ख्या ४० प्रतिशत भन्दा माथि रहेको छ भने बाजुरा, धनुषा, डोल्पा, मनाङ, सर्लाही र हुम्ला जिल्लामा ५ प्रतिशत भन्दा कम जनसङ्ख्या क्रियाशील रहेका प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : ४० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते