पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन « Khabarhub

पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा रहेको अमेरिकी महावाणिज्य दूतावासले कर्मचारीहरूलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिएको छ ।

पाकिस्तानको लाहौरस्थित अमेरिकी महावाणिज्य दूतावासले लाहोर र नजिकका उपनगरहरूको हवाई क्षेत्रमा ‘ड्रोन विस्फोट’ र भारतद्वारा ‘सम्भावित हवाई क्षेत्रमां घुसपैठ’ को मध्येनजर गर्दै आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिएको हो ।

वाणिज्य दूतावासको वेबसाइटमा जारी बयानमा भनिएको छ, ‘ पाकिस्तानी अधिकारी लाहोरको मुख्य हवाई अड्डा आसपासका क्षेत्र खाली गराउन सक्ने प्ररम्भीक सूचना वाणिज्य दूतावासलाई प्राप्त भएको छ ।’

महावाणिज्य दूतावासले अमेरिकी नागरिकलाई सुरक्षित स्थानमा जान, अमेरिकी सरकारको सहायतामा निर्भर रहेका नागरिकलाई पाकिस्तानबाट बाहिरिने योजना बनाउन, ट्राभल दस्तावेज तयार राख्न र परिचय पत्र सँगै राखेर अधिकारीहरूलाई सघाउन पनि भनेको छ ।

–बीबीसीबाट

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ५ : ५४ बजे

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

काठमाडौं– पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी– यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र

पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने

नयाँदिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौं– ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर