पोखरा स्पोर्ट्स अवार्ड : चौधरीले जितिन् उदीयमान खेलाडीको अवार्ड « Khabarhub

पोखरा स्पोर्ट्स अवार्ड : चौधरीले जितिन् उदीयमान खेलाडीको अवार्ड


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

पोखरा– नवौँ पोखरा स्पोर्टस् अवार्डमा वर्ष उदीयमान खेलाडी क्रिकेटकी रचना चौधरी घोषित भइन् ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार पोखरामा भएको कार्यक्रममा चौधरी वर्ष उदयीमान खेलाडी बनेकी हुन् । उदीयमान खेलाडीमा रचनासँगै भलिबलका जीतबहादुर साकी र एथ्लेटिक्सका बादल कार्की मनोनयनमा परेका थिए । 

उदीयमान खेलाडी रचनालाई नगद ३५ हजार साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । उनलाई गण्डकी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य पञ्चराम गुरुङ, सहारा क्लब पोखराका अध्यक्ष केशव बराल, हिमश्री फुड्स प्रालिका सञ्चालक प्रकाश केसी, तमु धिं युकेका प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङलगायतले अवार्ड, नगद र प्रमाणपत्र अर्पण गरेका थिए ।

को हुन रचना चौधरी? 

स्कुलको खेल मैदानबाट सुरू भएको रचना चौधरीको क्रिकेट यात्रा यू–१९ विश्वकपसम्म आइपुगेको छ । सुदूरपश्चिमको कैलाली जिल्लामा जन्मिएकी उनी बाल्यकालमै पोखरा बसाइँसरेकी थिइन् । मजदुरी गर्ने बुबाआमाले उनलाई स्कुल भर्ना गराएका थिए ।

तर, रचनाको क्रिकेटप्रतिको रुचि भने लुकेको थियो । क्रिकेट खेल्न चाहिएको सामान किन्न पैसा मागेपछि मात्रै उनका अभिभावकले थाहा पाए, रचना खेलाडी बन्दैछिन् । पोखराका स्कुलमा मेरिलिबोन क्रिकेट क्लबअन्तर्गत सञ्चालन भएको एमसीसी फाउन्डेशन कार्यक्रमले उनलाई क्रिकेटमा थप नजिक बनायो ।

स्कुलस्तरमै देखिएको उनको प्रतिभा प्रशिक्षकहरूको नजरमा पर्‍यो र उनले जिल्ला हुँदै गण्डकी प्रदेशको टिममा स्थान बनाइन् । प्रधानमन्त्री (पीएम) कपमा राम्रो प्रदर्शन गरेपछि उनी यू–१९ विश्वकप छनोटको लागि क्लोज क्याम्पमा परिन् ।

छनोट प्रतियोगितामा एकै खेलमा चार विकेटसहित ११ विकेट लिँदै उनी नेपालकी सर्वाधिक सफल बलर बनिन् । त्यसपछि एसिया कप र विश्वकपमा पनि अवसर पाइन् । 

नेपाली महिला टोलीले पहिलोपटक विश्वकप खेल्दा उनी पनि त्यसमा सामेल भइन् । एसिया कप र विश्वकपमा औसत प्रदर्शन गरेकी उनीले गत माघमा घरेलु मैदानमा भएको त्रिदेशीय महिला टी–२० आई सिरिजमा नेपालको सिनियर टोलीबाट डेब्यु गरिन् । 

डेब्यु खेलमै उनले थाइल्याण्डविरुद्ध विकेटसमेत लिन सफल भइन् । उनले नेपाली महिला राष्ट्रिय टोलीबाट ९ खेल खेलिसकेकी छन् । त्यसयता उनी सिनियर टोलीबाट पनि खेल्दै आएकी छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ५ : ०६ बजे

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं– गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो

सभामुख चयनका लागि चैत्र २२ गते निर्वाचन हुने

काठमाडौं– प्रतिनिधिसभाको सभामुख चयनका लागि चैत्र २२ गते निर्वाचन हुने

एमालेमा सुहाङको अडान : दलको नेतामा चुनाव गरौँ, फेस गर्न तयार छु

काठमाडौं- नेकपा एमाले संसदीय दलको नेता चुन्ने विषयले युवा र

एनसेलले दैनिक १०० एमबी निःशुल्क डेटा दिँदै, हरेक हप्ता ५० जीबीसम्म जित्ने सकिने

काठमाडौं– एनसेलले ग्राहकका लागि एनसेल एपमार्फत दैनिक १०० एमबी निःशुल्क डेटा

नेप्से परिसूचकमा ७४ अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अंकले