आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले अब बोनस पाउने « Khabarhub

आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले अब बोनस पाउने


२८ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजात नभएका आप्रवासीलाई निकाल्ने अभियानलाई तीव्रता दिन २० हजार नयाँ कर्मचारी भर्नाका लागि निर्देशन गरेका छन्। साथै उनले आप्रवासी निष्कासन सहज बनाउन थप केही नीति बनाएका छन्। कागजात नभएका आप्रवासी आफैले अमेरिका छाड्न चाहे फर्कने व्यवस्था पनि अमेरिकाले मिलाइदिने उनको निर्देशनमा उल्लेख छ। उनीहरूलाई बोनस रकम समेत दिइने छ।

यसरी थपिने कर्मचारीको पुरै विवरण सार्वजनिक भइसकेको छैन। अहिले इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसिई) अन्तरगत २१ हजार कर्मचारी छन्। समाचार संस्था अनुसार आइसिईमा अहिले नै ६१ सय अधिकृत तथा ७५० असिस्टेन्ट छन्।

उनले सीमामा कडा सुरक्षा अपनाउन सबैलाई आह्वान गरेका छन्। अमेरिकामा सेल्फ डिपोर्ट हुन चाहनेले नयाँ एपमार्फन सम्पर्क गर्न सक्ने छन्। गत साता नै यसरी आफै फर्कने इच्छा देखाएमा एक हजार अमेरिकी डलर बोनस दिइने घोषणा गरिएको हो।

यस बाहेक आप्रवासी फिर्ता गर्ने धेरै योजना अघि आए पनि ती योजनामा कानुनी व्यवधान पनि आएका थिए। यसै साता जिल्ला न्यायाधीश फर्नान्डो रोड्रिगुयजले यो अभियान बेकामको भएको बताए। न्यु योर्कका अर्का एक न्यायाधीशले पनि त्यसलाई निरन्तरता दिएका थिए।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ७ : ०५ बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल