निर्देशक भट्टराईलाई प्रश्न– महानायकलाई ‘कमब्याक’ गराउने जोखिम किन लिनुभयो ? | Khabarhub Khabarhub

निर्देशक भट्टराईलाई प्रश्न– महानायकलाई ‘कमब्याक’ गराउने जोखिम किन लिनुभयो ?


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानायक राजेश हमालको फिल्म ‘नरसिंहा : अभतारमा’बाट ‘कमब्याक’ गर्ने निर्णय लिनुको तीन कारण रहेको खुलाएका छन् ।

फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उनले कथाको अकार्षण, समय सान्दर्भिक भूमिका र सहकार्य गरिसेको तथा सहयात्रीहरुको टिममा काम गर्न पाइने भएकाले ‘कमब्याक’को निर्णय लिएको खुलाएका हुन् ।

यस फिल्मको कथा चन्द्र पन्तको हो । निर्देशक र पटकथा दिवाकर भट्टराईले लेखेका हुन् । त्यसअर्थमा राजेशलाई ‘कमब्याक’ गराउन निर्देशक भट्टराई नै तातिएको देखिन्छ ।

राजेशका अनुसार दिवाकार नै फिल्मको प्रस्ताव लिएर उनीसमक्ष पुगेका हुन् ।

दिवाकारलाई पहिलो चुनौती त राजेशलाई फिल्ममा मनाउनु नै थियो । किनकि राजेश फिल्म गरिहाल्ने मनस्थितिमा थिएनन् ।

फिल्म प्रदर्शनको संघारमा छ । तर, पनि दिवाकरलाई ढुक्क भएर बस्ने अवस्था छैन । राजेश ९ वर्षपछि ठूलो पर्दामा देखिँदैछन् । राजेश कमब्याकबाट दर्शकले पक्कै ठूलै अपेक्षा लिएका छन् ।

अर्थात्, दर्शकले राजेशको ‘कमब्याक’ फिल्म उत्कृष्ट होस् भन्ने अपेक्षा राखेका छन् ।

राजेश पनि यो कुरालाई स्वीकार गर्छन् । भन्छन्, ‘म लामो समयपछि फिल्म गर्दैछु । त्यस हिबासले पनि दर्शकले अपेक्षा राख्नु स्वभाविक हो ।’

लेखक र निर्देशक भएकाले दिवाकरलाई दर्शकको त्यो अपेक्षा पूरा गर्न चुनौती देखिन्छ । फिल्म कमसल सावित भएमा उनको क्षमतामाथि नै प्रश्न उठ्न सक्छ । यो कुरा दिवाकार पनि स्वीकार गर्छन् ।

यस अर्थमा दिवाकरको राजेशलाई ‘कमब्याक’ गराउने निर्णय जोखिमभन्दा कम छैन ।

खबरहबले दिवाकरलाई ‘किन यो जोखिम मोल्नुभयो ?’ भन्ने प्रश्न सोधेको थियो । उनले महानायकलाई कमब्याक गराउँदा जोखिम मोलेको महसुस नभएको बरु गर्व लागेको जवाफ दिए ।

तर, चुनौतीपूर्ण काम गरेको भन्ने चाहिँ उनलाई महसुस छ । उनी भन्छन्, ‘जोखिम होइन, चुनौती चाहिँ हो । महानायकले धेरैपछि फिल्म गर्दा दर्शकमा ठूलो अपेक्षा छ । त्यो पूरा गर्ने एउटा चुनौती चाहिँ छ ।’

सँगै उनी ‘कन्फिडेन्ट’ पनि देखिन्छन् । फिल्म राम्रो बनेकाले महसुस भएर उनलाई ‘कन्फिडेन्ट’ आएको देखिन्छ ।

उनी भन्छन्, ‘मलाई विश्वास के छ भने महानायकको कमब्याक फिल्म हेरेर दर्शकले निर्देशकलाई गाली गर्नु हुन्नँ ।’

राजेशको भनाइ यस्तो

एक कलाकारलाई दर्शकले मेरा सबै फिल्म रुचाउन भन्ने लाग्छ । ‘नरसिंहा : अभतार’लाई लिएर राजेशको मनमा पनि यो आशा छ ।

‘कमब्याक’ फिल्म भएकाले पनि यो अपेक्षाले राजेशमा अलि बढी स्वभाविक देखिन्छ ।

उनी भन्छन्, ‘मैले निर्वाह गरेको भूमिकाले न्याय गर्‍यो कि गरेन भनेर हरेक नयाँ फिल्म प्रदर्शनमा उत्सुकता हुन्थ्यो । निरन्तर फिल्म गर्दा पनि हुन्थ्यो । अहिले लामो समयपछि यो फिल्म गर्दा नहुने कुरै भएन । झन् बढी छ ।’

कमब्याक दर्शकले नरुचाउने हुन् कि ? भन्ने डर छ छैन भन्ने प्रश्नमा उनको जवाफ छ, ‘लामो समयपछि काम गरेको छु के होला भन्ने उत्सुकता छ भइहाल्छ नि ।’

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ७ : ५५ बजे

इरान र पाकिस्तानबाट हजारौँ अफगानी नागरिक स्वदेश फर्किए

काबुल– अफगानिस्तानको शरणार्थी समस्या समाधान उच्च आयोगले दिएको जानकारीअनुसार, एकै

केहीबेरमै जलमग्न काठमाडौंको चन्द्रमानसिंह मार्ग (तस्बिरहरू)  

काठमाडौं– काठमाडौं महानगरपालिका २५ नं वडाअन्तर्गत बाङ्गेमूढा थाहिथि चन्द्रमानसिंह मार्ग

गृहमन्त्रीले फेरि दोहोर्‍याए : ‘भिजिट भिसामा राजनीतिक प्रतिशोध साँधियो, मविरुद्ध षड्यतन्त्र गरियो’

काठमाडौं- गृहमन्त्री रमेश लेखकले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा

कांग्रेसले भन्यो- ‘कुलिङ पिरियड’ व्यवस्थामा भएको छेडखानी क्षम्य हुँदैन

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा

समाज रूपान्तरणमा महिला र पुरुष कलाकर्मीको भूमिका बराबरी छ : उपसभामुख राना

काठमाडौं– उपसभामुख इन्दिरा रानाले नेपालको सामाजिक रूपान्तरणमा महिला र पुरुष