हमासले अमेरिकी–इजरायली नागरिक अलेक्जेन्डरलाई रिहा गर्दै « Khabarhub

हमासले अमेरिकी–इजरायली नागरिक अलेक्जेन्डरलाई रिहा गर्दै


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हमासले इजरायली-अमेरिकन बन्दी एडज अलेक्जेन्डरलाई रिहा गर्ने भएको छ ।

गाजाले बन्दी बनाएका मध्ये उनी अन्तिम जीवित इजरायली अमेरिकी भएको अनुमान गरिएको छ । मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हुन लागेको मध्यपूर्व भ्रमणको पूर्व सन्ध्यामा उनको रिहाइ हुने भएको हो ।

७० दिनदेखि इजरायली अवरोधका कारण मानवीय सहयोग रोकिएको गाजामा उक्त अवरोध खुला गर्ने इजरायलले जनाएको छ ।

यसअघि कतारमा हमासका प्रतिनिधिले अमेरिकी प्रशासनसँग सिधै वार्ता गर्ने जनाएको थियो । हमासले अलेक्जेन्डरलाई रिहाइ गर्न लागेको अमेरिका मार्फत थाहा पाएको समेत इजरायलले बताएको छ ।

अलेक्जेन्डरको रिहाइ गर्नुअघि हमासले मध्यस्थता गर्नेहरूसँग वार्ता गर्ने भएको छ । अलेक्जेन्डरको रिहाइको समयमा आक्रमण नहोस् भन्नका खातिर उनीहरूले सोमबार सुरुवातमा नै वार्ता अघि बढाउन लागेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई सकारात्मक सङ्केतको रूपमा लिँदै विश्वासको वातावरण बन्न सक्ने सम्भावना व्यक्त गरेका छन् । उनले नै सामाजिक सञ्जाल मार्फत नै यस कुराको पुष्टि गरेका छन् ।

तेल अभिभमा जन्मिएर अमेरिकाको न्यु जर्सीमा हुर्किएका २१ वर्षीय अलेक्जेन्डर ७ अक्टोबर २०२३ मा अपहरणमा परेका थिए । उक्त दिन २५१ जना बन्दी बनाइएका मध्ये ५९ जना अझै रिहा भएका छैनन् । यी मध्य २४ जना जीवित रहेको अनुमान छ । 

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ६ : ०२ बजे

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम