बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु | Khabarhub Khabarhub

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको  आँधीका बेला अधिकांश पीडितहरू खेतमा काम गरिरहेका थिए । ढाकाबाट करिब १२२ किलोमिटर उत्तरमा रहेको मिमेन्सिंह जिल्लामा रुख ढलेर दुई जनाको मृत्यु भएको जनाइएको छ ।

ब्राह्मणबाडिया जिल्लामा पाँच जना, किशोरगङ्ज जिल्लामा चार जना र शेरपुर, हबिगञ्ज तथा नाओगाँ जिल्लामा एक–एक जनाको मृत्यु भएको छ ।

ढाकास्थित एक सरकारी अधिकारीले मृत्युको यकिन सङ्ख्याको तत्काल पुष्टि गर्न सकेनन् । बङ्गलादेशमा यस्तो समयमा चट्याङ लागेर मृत्यु हुनु सामान्य हो ।

यस वर्षको अप्रिल २४ मा पनि दुई घण्टाभित्र नौ जनाको चट्याङका कारण मृत्यु भएको थियो । विगत केही वर्षयता बङ्गलादेशमा चट्याङ लागेर हुने मृत्युको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ । विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण बङ्गलादेश यस्ता प्राकृतिक विपत्तिहरूको लागि अझ बढी संवेदनशील बनेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ७ : ४६ बजे

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको

थियान्चिनबाट एसीओले विश्वलाई दिएको सन्देश

काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ