के कारणले हुन्छ यूरिक एसिड ? यस्तो छ उपचार विधि « Khabarhub

के कारणले हुन्छ यूरिक एसिड ? यस्तो छ उपचार विधि


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हाम्रो खानपान तथा गलत जीवनशैलीका कारण कतिपय अवस्थामा शरीरमा यूरिक एसिडको मात्रा बढ्ने गर्दछ ।

यूरिक एसिड हुँदा शरीरका जोर्नी दुख्ने तथा मधुमेह र पिसाब लगायताका समस्या देखा पर्छन् । हुनत यूरिक एसिड शरीरका लागि पनि आवश्यक छ तर रगतमा यूरिक एसिडको मात्रा तीनदेखि सात मिलिग्राम प्रतिलिटर भए मात्र त्यसलाई सामान्य मानिन्छ ।

सात मिलिग्रामभन्दा बढी यूरिक एसिड भएमा त्यसलाई हाइपर युरिसेमिया मानिन्छ ।

यूरिक एसिडको लक्षण के के हुन् ?

जोर्नी दुख्ने तथा सुन्निने यूरिक एसिडका मुख्य लक्ष्ँण हुन् । यसरी जोर्नी दुख्नुमा जोर्नी वरपरका मासु र कार्टिलेजमा यूरिक एसिड जम्मा हुन थाल्नु हो ।

यस्तो अवस्थालाई अंग्रजीमा गाउटी अर्थराइटिस भनिन्छ । ढाड दुख्ने, शरीरका जोर्नीहरु दुख्ने, जाम हुने तथा हातखुट्टा झमझमाउने अवस्थालाई मात्र यूरिक एसिड भएको मानिदैन ।

बिहान उठ्दा हातगोडाका बुढी औंला दुख्नु, सुन्निने तथा हिड्न अप्ठ्यारो हुन्छ भने त्यो यूरिक एसिडको लक्षण हो । यसका साथै कुर्कुच्चा, घु“डा, कुहिना र औंलाका जोर्नीहरुमा हुने दुखाई पनि यूरिक एसिडका लक्षण हुन् ।

यूरिक एसिडको उपचार

हाम्रो गलत खानपानका कारण शरीरमा प्रसस्त मात्रामा पुग्ने प्रोटिन लामो समयदेखि जम्मा भई यूरिक एसिड बढ्छ ।

हाम्रो दैनिक खानपानमा ध्यान दिई यसको निवारणका लागि पर्याप्त मात्रामा पानी खाने तथा झोलयुक्त खानेकुराको सेवन गर्नुपर्छ ।

बढि मात्रमा पानीको सेवन गर्नाले हाम्रो पिसाबको माध्यमबाट बिस्तारै यूरिक एसिड निस्केर जान्छ । यसका साथै खानामा गेडागुडि, खसिको मासु, रातो मासु, सी फुड, च्याउ, फुलकोबि, बन्दाकोभी, पनिर तथा भिन्डी लगायतका यूरिक एसिड बढाउने तत्व खानु हुँदैन ।

खानामा नियमित ५ सय ग्राम भिटामिन पुग्ने गरी ब्यवस्थापन गर्नुपर्छ । शरीरको तौल घटाउन जबर्जस्ती कसरत गरेपनि यूरिक एसिडले च्याप्न सक्छ । थाइराइडको समस्या, आइरनको मात्रा उच्च भएमा वा मदिराको सेवनले समेत यूरिक एसिड बढ्छ ।

यूरिक एसिडको मात्रा बढेमा वा स्वास्थ्यमा प्रत्यक्ष्ँ समस्या भएमा अनिवार्य चिकित्सकको सल्लाह लिनुपर्छ । साधारण अवस्थामा यूरिक एसिड कम गर्न औषधिको सेवन गर्नु हुँदैन । बरु नियमित रुपमा यूरिक एसिडको परीक्ष्ँण गराइरहनु पर्दछ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ६ : ३९ बजे

लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा

रोल्पा जीप दुर्घटना : २० जनाको मृत्युमा बोलेनन् बालेन-रवि, रास्वपाले तीन दिनपछि थाहा पायो 

काठमाडौं– रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा

युरोपमा अमेरिकी प्रभाव घट्ने संकेत, जर्मनीबाट सैनिक फिर्ता

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक

शंकर पोखरेलले प्रधानमन्त्रीलाई भने-‘ज्ञ’ क्रान्तिको खाका चाहियो 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहसँग ‘ज्ञ’ क्रान्तिको