हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर १९ महिनापछि रिहा « Khabarhub

हमासले अपहरण गरेका इजरायली–अमेरिकी नागरिक अलेक्जेन्डर १९ महिनापछि रिहा


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– हमासले अपहरण गरेको १९ महिनापछि इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर सोमबार राति  रिहा भएका छन् । रिहा भएलगत्तै उनको परिवारसँग मिलन भएको छ ।

गाजामा इजरायली सेनामा आबद्ध २१ वर्षीय उनलाई ७ अक्टोबर २०२३ मा इजरायली सेनाले अपहरण गरेको थियो ।

सोमबार इजरायलले बन्दी हस्तान्तरण कार्य सहज होस् भन्नका खातिर अस्थायी रूपमा गाजामा आक्रमण रोकेको थियो ।

हमासका शीर्ष अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व भ्रमण अघि नै गरिएको यो रिहाइ नयाँ चरणको युद्ध विरामको बाटो तयार गर्न महत्त्वपूर्ण साबित हुने बताएका छन् । ट्रम्प मङ्गलबार मध्यपूर्व पुग्ने छन् ।

अलेक्जेन्डर हमासको साथमा रहेका अन्तिम जीवित अमेरिकी बन्दी भएको अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलेक्जेन्डरको परिवारलाई बधाई समेत दिएका छन् ।

अलेक्जेन्डरको परिवारले ट्रम्पलाई धन्यवाद दिँदै बन्दी रहेका अन्य ५८ जनाको रिहाइका लागि इजरायल र अन्य मध्यस्थ देशहरूलाई अनुरोध गरेको छ । 

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ५ : ५८ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक