महँगी बढेकाले बजार अनुगमन गर्न सांसदको आग्रह « Khabarhub

महँगी बढेकाले बजार अनुगमन गर्न सांसदको आग्रह


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी बढाइएकाले बजार अनुगमन गर्न सरकारसँग आग्रह गरेका छन् । 

राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद पुडासैनीले बजार अनुगमन प्रभावकारी रुपमा आगाडि बढाउन माग गरे । सांसद घनश्याम रिजालले दोलखाको भीमेश्वर नगरपालिकाको ‘दोलखा चलचित्र नगरी’ योजना अधुरै रहेको उल्लेख गर्दै समयमा नै सो कार्य अगाडि बढाउन आर्थिक वर्ष २०८२-८३ मा आवश्यक बजेट विनियोजन गर्न सरकारसँग माग गरे । 

सांसद पदमबहादुर परियारले व्यास नगरपालिकाद्वारा अघि बढाइएको सरसफाइ व्यवस्थापन केन्द्र निर्माण गर्न सङ्घीय सरकारसमक्ष पेस भएको योजना कार्यान्वयन हुनुपर्नेमा जोड दिए । सांसद पूजा चौधरीले तराई–मधेशमा डेङ्गु नियन्त्रण गर्न आवश्यक पहलका लागि माग गरे । 

सांसद मनरुपा शर्माले शान्तिप्रक्रियाको बाँकी काम समयमा नै टुङ्ग्याउन आग्रह गरिन्। सांसद रुक्मिणी कोइरालाले कोशी प्रदेशका विभिन्न जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको पहलका  लागि अनुरोध गरे । 

सांसद रेणु चन्दले बाजुराको त्रिवेणी नगरपालिकाको  मौरेमा समयमै पुल निर्माण सरकारको ध्यानाकर्षण गराए । सांसद विष्णुकुमारी सापकोटाले रुस–युक्रेन युद्धमा नेपाली नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै त्यसतर्फ ध्यान दिन सरकारसँग माग गरे ।  

सांसद विष्णुबहादुर विश्वकर्माले सप्तरीको सुरुङ्गा नगरपालिकाकी पूजाकुमारी रामको बलात्कारपछि हत्या गरिएको उल्लेख गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरे । 

सांसद श्रीकृष्णप्रसाद अधिकारीले साउदी अरबमा अलपत्र परेका नेपाली कामदारको उद्धारको पहल गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद सावित्री मल्लले निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण गर्न माग गरे । 
 

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  २ : ४८ बजे

मेची-महाकाली उद्धार यात्राबाट ४८ सडकआश्रित मानव उद्धार

धरान– मानवसेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा

अन्तर्राष्ट्रिय परिवार दिवस आज मनाइँदै

काठमाडौं– दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं–  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन

पाकिस्तानको खैबर पख्तुनख्वामा आत्मघाती हमला, ९ सुरक्षाकर्मीको मृत्यु, २१ घाइते

एजेन्सी– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा

रास्वपा सभापतिमा रवि नै दोहोरिने सम्भावना छ : कविन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने