सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स « Khabarhub

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम रोयल्सले प्राइम टायल्सलाई आफ्नो आधिकारिक प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरका रूपमा अनुबन्ध गरेको छ । प्राइम टायल्सका अध्यक्ष आशिष गर्ग र सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

यस साझेदारीसँगै प्राइम टायल्सले एनपीएलको तेस्रो संस्करणभर सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्दै नेपाली क्रिकेट र स्थानीय खेल प्रतिभाको विकासमा साथ दिने जनाएको छ। प्राइम टायल्सका अध्यक्ष आशिष गर्गले यो साझेदारी ब्रान्डको प्रचारभन्दा पनि नेपाली समुदाय र क्रिकेटसँगको प्रतिबद्धताको विस्तार भएको बताए।

प्राइम टायल्सले स्वदेशी उत्पादनमार्फत नेपालीहरूसँग जोडिने प्रयास गर्दै आएको छ। सुदूरपश्चिम रोयल्ससँगको यो साझेदारीले हामीले सेवा गर्ने समुदायसँग सँगै अघि बढ्ने हाम्रो विश्वासलाई अझ मजबुत बनाएको छ। 

क्रिकेट आज नेपालीहरूलाई एकताबद्ध गर्ने शक्तिशाली माध्यम बनेको छ। यो सहकार्य केवल ब्रान्डको उपस्थितिका लागि होइन, नेपाली क्रिकेटलाई साथ दिन, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न र एनपीएलले देशभर सिर्जना गर्ने उत्साह र गौरवको हिस्सा बन्नका लागि हो। सुदूरपश्चिम रोयल्सले प्रतिनिधित्व गर्ने जोश, दृढता र कहिल्यै हार नमान्ने भावना प्राइम टायल्सका मूल्यसँग मेल खान्छु गर्गले भने ।

प्राइम टायल्स जस्तो स्वदेशी र विश्वासिलो ब्रान्ड सुदूरपश्चिम रोयल्ससँग जोडिनु हाम्रो लागि खुसीको विषय हो। एनपीएलको तेस्रो संस्करणमा हामी मैदानभित्र उत्कृष्ट प्रदर्शनसँगै मैदानबाहिर पनि नेपाली ब्रान्डहरूसँग दीर्घकालीन सहकार्य निर्माण गर्ने लक्ष्यमा छौं। 

प्राइम टायल्ससँगको यो साझेदारीले नेपाली क्रिकेट र नेपाली उद्योग दुवैलाई सँगै अघि बढाउने विश्वासलाई थप बलियो बनाएको छु सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले भने ।

सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो संस्करणअघि विभिन्न क्षेत्रका राष्ट्रिय ब्रान्डसँग रणनीतिक साझेदारी विस्तार गर्दै आफ्नो व्यावसायिक र संस्थागत यात्रालाई थप मजबुत बनाइरहेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ५ : ११ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना