साउदी अरबमा ट्रम्प : इरानलाई रोक्नेदेखि हतियार बिक्रीसम्मको स्वार्थ « Khabarhub

साउदी अरबमा ट्रम्प : इरानलाई रोक्नेदेखि हतियार बिक्रीसम्मको स्वार्थ


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

रियाद- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार साउदी अरब पुगेका छन्। उनले रियादमा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति ट्रम्प साउदी अरब, कतार र यूएईको चारदिने कूटनीतिक भ्रमणका क्रममा छन्। यो यात्रा उनको दोस्रो कार्यकालको पहिलो ठूलो अन्तर्राष्ट्रिय भ्रमण हो, जसलाई कूटनीतिक बृत्तमा हत्त्वपूर्ण मानिएको छ।

के के छन् उद्देश्य ?

ट्रम्पको यस यात्रामा अमेरिका र साउदी अरबबीच नयाँ लगानीसम्बन्धी विभिन्न सम्झौता हुने अपेक्षा छ । विशेषगरी साउदी अरबले अमेरिका बाट १०० अर्ब डलरभन्दा बढी मूल्यको हतियार र सैन्य उपकरण किन्ने तयारी गरेको समाचार छ ।

अमेरिकाले लामो समयदेखि साउदी अरबलाई हतियार आपूर्ति गर्दै आएको छ । तर सन् २०२१ मा तत्कालीन जो बाइडन प्रशासनले यमन युद्धमा साउदी अरबको भूमिकालाई लिएर हतियार बिक्री रोकिदिएको थियो।

तर सन् २०२४ मा बाइडन प्रशासनले फेरि हतियार बिक्री सुरु गरेको थियो ।

रणनीतिक सन्देश

यो यात्रा ट्रम्प प्रशासनले साउदी नेतृत्वसँग रणनीतिक सम्बन्धलाई पुनः सुदृढ गर्ने प्रयासका रूपमा हेरिएको छ।

यमन युद्धपछि साउदी-अमेरिका सम्बन्धमा आएको चिसोपनलाई हटाउन र मध्यपूर्वमा अमेरिकी भूमिका बलियो बनाउने उद्देश्य पनि यसमा छ ।

यसका साथै क्षेत्रीय सुरक्षामा सहकार्य, इरानको प्रभाव नियन्त्रण र ऊर्जा सहकार्यलाई पनि अमेरिकाले प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ५ : ५३ बजे

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम