सिरियामाथिका सबै प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा « Khabarhub

सिरियामाथिका सबै प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । चारदिने मध्यपूर्व भ्रमणको क्रममा साउदी अरेबियामा पुगेका ट्रम्पले उक्त घोषणा गरेका हुन् ।

गत वर्ष सिरियामा बशर अल–असदकाे सरकार ढलेपछि प्रतिबन्ध हटाउने बाटो खुलेको पनि ट्रम्पले बताएका छन् ।

यो प्रतिबन्ध हटाउने निर्णय अहिले सत्ताको बागडोर सम्हालिरहेका अहमद अल साराको महत्त्वपूर्ण जित हो । डिसेम्बर महिनामा सिरियाको राष्ट्रपति रहेका उनले असद परिवारको सत्तालाई बर्खास्त गर्दै शासन हातमा लिएका थिए ।

इजरायलले भने असद सत्ता ढलेपछि पनि सिरियामा लगातार आक्रमण गरिरहेको छ । अमेरिकाको यो निर्णय इजरायलका लागि धक्काको विषय समेत भएको महसुस गरिएको छ ।

राष्ट्रपति ट्रम्पले वर्षौँदेखि सिरियामा धेरैको ज्यान अकालमा गएको बताउँदै असद परिवार हटेपछि सम्बन्ध सुमधुर बनाउन प्रयास आवश्यक रहेको बताए ।

अमेरिकी विदेशमन्त्री मार्क रुबियोले यसै साताको अन्त्यमा सिरियामा विदेश मन्त्रीसँग टर्कीमा भेट गर्ने सम्भावना रहेको  बताए ।

‘त्यस समयमा प्रतिबन्ध आवश्यक थियो । तर, अहिलेको समयमा यो हटाएर सिरियालाई सुन्दर भविष्यतर्फ उन्मुख गर्न जरुरी छ,’ ट्रम्पले भने । 

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : ३० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित