सिरियामाथिका सबै प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा « Khabarhub

सिरियामाथिका सबै प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । चारदिने मध्यपूर्व भ्रमणको क्रममा साउदी अरेबियामा पुगेका ट्रम्पले उक्त घोषणा गरेका हुन् ।

गत वर्ष सिरियामा बशर अल–असदकाे सरकार ढलेपछि प्रतिबन्ध हटाउने बाटो खुलेको पनि ट्रम्पले बताएका छन् ।

यो प्रतिबन्ध हटाउने निर्णय अहिले सत्ताको बागडोर सम्हालिरहेका अहमद अल साराको महत्त्वपूर्ण जित हो । डिसेम्बर महिनामा सिरियाको राष्ट्रपति रहेका उनले असद परिवारको सत्तालाई बर्खास्त गर्दै शासन हातमा लिएका थिए ।

इजरायलले भने असद सत्ता ढलेपछि पनि सिरियामा लगातार आक्रमण गरिरहेको छ । अमेरिकाको यो निर्णय इजरायलका लागि धक्काको विषय समेत भएको महसुस गरिएको छ ।

राष्ट्रपति ट्रम्पले वर्षौँदेखि सिरियामा धेरैको ज्यान अकालमा गएको बताउँदै असद परिवार हटेपछि सम्बन्ध सुमधुर बनाउन प्रयास आवश्यक रहेको बताए ।

अमेरिकी विदेशमन्त्री मार्क रुबियोले यसै साताको अन्त्यमा सिरियामा विदेश मन्त्रीसँग टर्कीमा भेट गर्ने सम्भावना रहेको  बताए ।

‘त्यस समयमा प्रतिबन्ध आवश्यक थियो । तर, अहिलेको समयमा यो हटाएर सिरियालाई सुन्दर भविष्यतर्फ उन्मुख गर्न जरुरी छ,’ ट्रम्पले भने । 

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : ३० बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल