किवी संसदमा हाका नाच्ने सांसदले पाए ‘अहिलेसम्मकै कठोर सजाय’ « Khabarhub

किवी संसदमा हाका नाच्ने सांसदले पाए ‘अहिलेसम्मकै कठोर सजाय’


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूजिल्याण्डको संसदमा हाका नाच्ने सांसदलाई ‘अहिलेसम्मकै सबैभन्दा कठोर सजाय’ दिइएको छ । गत नोभेम्बर महिनामा किवी संसदमा टे पाटी माओरीका सहनेताहरु डेबी ङारेवा–प्याकर र राविरी वाटिटी तथा अर्की सांसद हना–रावहिटी माइपी–क्लार्कले हाका नाचेका थिए ।

उनीहरुले न्यूजिल्याण्डका आदिवासी माओरीहरुसँग गरिएको सन्धिलाई परिमार्जन गर्न ल्याइएको विधेयकको विरोधमा हाका नाचेका थिए । किवी इतिहासमै कान्छी सांसद् हानाले संसदमा विधेयक च्यात्दै हाका नाचेको भिडियो विश्वभर भाइरल भएको थियो ।

संसदले उक्त विधेयक गत अप्रिल महिनामा अस्वीकृत गरेको थियो । बुधबार भने यसरी हाका नाच्ने सांसदलाई अहिलेसम्मकी कठोर सजाय तोकिएको छ ।

किवी संसदको ‘प्रिभिलेज कमिटी’ ले टे पाटी माओरीका सहनेताहरु ङारेवा–प्याकर र वाटिटीलाई तीन साताको निलम्बन गर्ने निर्णय गरेको छ । यस सजायलाई किवी संसदको इतिहासकै सबैभन्दा कठोर मानिएको छ ।

त्यसैगरी, उक्त कमिटीले हानालाई भने सात दिनका लागि निलम्बन गरेको छ । किवी संसदमा यसअघि पनि सांसदहरुले हाका नाच्ने गरेका थिए ।

उनीहरुले हाका नाचेर अरु सांसदलाई डर देखाएको र संसदको अवहेलना गरेको आरोप लगाइएको छ । हाका माओरी समुदायको परम्परागत रणनृत्य मानिन्छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १ : ४५ बजे

लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना

म्याग्दी– बेनी नगरपालिका–४ बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई सङ्कटापन्न पन्छी

चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु

एजेन्सी – दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको

शिवं सिमेन्टद्वारा छात्रालक्षित छात्रवृत्ति प्रदान

काठमाडौं– सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई  हेटौँडामा रहेको शिवं सिमेन्ट लिमिटेडले

मध्यपहाडी लोकमार्ग बनाउन माग गर्दै प्रदर्शन

सुन्दरबजार– पुष्पलाल मध्यपहाडी लोकमार्ग अविलम्ब बनाउनुपर्ने माग गर्दै दबाबस्वरूप आज

भ्रष्टाचारविरुद्ध सरकारले जुनसुकै हदसम्मको कठोर कदम चाल्ने छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध सरकारले जुनसुकै हदसम्मको कठोर कदम